सेयर:

भर्खरै :

अमेरिका बस्ने नेपालीले गरे भक्तपुरलाई सहयाेग    |    असार पहिलो सातासम्म थपियाे निषेधाज्ञा, यी चार क्षेत्र भए खुला!    |    उपत्यकामा निषेधाज्ञा थपिने निश्चित, यस्ताे हुनेछ माेडालिटी    |    तलब वृद्धि थाेरै भएकाे भन्दै सरकारी कर्मचारी आन्दाेलित    |    चाँगुकाे २ नं वडामा सबैभन्दा बढी संक्रमित , कुन वडामा कति?    |    ख्वप अस्पतालप्रति जनताको सद्भावना प्रशंसनीय : बिजुक्छेँ    |    ताथलीकी एक महिला सम्पर्कविहीन, सौडोलमा सन्नाटा    |    ताथली सहकारीद्वारा भक्तपुरमा अक्सिजन प्लान्टका लागि आर्थिक सहयोग    |    झौखेलमा बन्ने प्रत्यारोपण केन्द्रप्रति बागेश्वरीवासीको असन्तुष्टि, मेयरले दिए यस्तो जवाफ !    |    पूर्व राजा ज्ञानेन्द्रले खोले मुख : देशको अवस्थाप्रति चिन्तित छु    |   
झौखेलमा बन्ने प्रत्यारोपण केन्द्रप्रति बागेश्वरीवासीको असन्तुष्टि, मेयरले दिए यस्तो जवाफ !

झौखेलमा बन्ने प्रत्यारोपण केन्द्रप्रति बागेश्वरीवासीको असन्तुष्टि, मेयरले दिए यस्तो जवाफ !

भक्तपुर, २० जेठ। झौखेलमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बन्ने भएपछि बागेश्वरीका स्थानीयले असन्तुष्टि जनाएका छन्।
चाँगुनारायण नगरपालिकाको वडा नम्बर ३, झौखेलमा सो केन्द्र बन्ने निश्चित भएसँगै बागेश्वरीका स्थानीयले आफूहरुलाई झुटो आश्वासन दिएर झुक्याएको बताउँदै नगरपालिकाप्रति असन्तुष्टि जनाएका हुन्।

भक्तपुरको दुधपाटीमा सानो एरियामा रहेको उक्त अस्पताल विस्तारका लागि भनी केही समयअघि बागेश्वरीमा स्थलगत अध्ययनका साथै बागेश्वरीमा राख्ने निश्चितजस्तै गरेको थियो । सो स्थानमा केन्द्र विस्तार हुने भएपछि स्थानीय खुसी भएका थिए। तर राजनीतिक खिचातानी र पहुँचको आधारमा केन्द्र झौखेल बन्ने पक्का भएपछि अझ असन्तुष्ट बनेका छन्, बागेश्वरीबासीहरु । बागेश्वरीबाट अन्यत्र सर्ने निश्चितप्रायः भएपछि स्थानीयले आन्दोलन समेत गरेका थिए, तर त्यो आन्दोलनको पनि अर्थ अहिले देखिएन। स्थानीयले सामािजक सञ्जालमार्फत् विभिन्न असन्तुष्टिहरु जनाउनका थालेका छन्।

सो सम्बन्धमा स्थानीय श्याम श्रेष्ठ लेख्छन्, ‘हामीलाई किन चाहियो र विकास ?साथीहरुले भनेका छन्, जिपलाइन, रंगशाला हँुदाहँुदै मानव अंग अस्पताल बनाउने भनेको बागेश्वरी ७ को ७०रोपनी सार्वजनिक जग्गामा नगर पालिकाको फोहोर थुपार्ने ठाउँ बनाउ भन्लान् त्यो पनि बिकास हो रे क्या!’

त्यस्तै रमेश बुढाथोकीले लेखेका छन्, ‘जनता सबै समान हुन ठुला योजना सिमित वडाहरुमा केन्द्रीकृत गर्नुभन्दा जन भावना अनुरुप कदम चाल्नु उपयुक्त हुन्छ कि? बिरोध गरे भन्नुभन्दा बिरोध कस्का लागि र के का लागि गर्दै छन्? त्यो बुझ्नु जरुरी छ। १ देखि ९ सम्म सबै अट्ने सबैलाइ समेट्ने खालको कार्यक्रम अघि सारियोस्।भौगोलिक बिकटता देखाएर पन्छिन नखोजौं, ढिलो नगरी उप्रान्तका ठूला योजनाहरुका लागि ५ देखि ९ वडा सम्मलाइ प्राथमिकता राख्ने प्रण गरौं। विकासमा सबैको एक्यबद्दता अपरिहार्य छ।मनन गरौं।’

यसरी आएका असन्तुष्टिलाई चाँगुनारायण नपाका मेयर सोम मिश्रले यसरी जवाफ दिएका छन्, ‘यस सम्बन्धमा आएका सुझाव ,टिप्पणी र गुनासोहरुलाई हार्दिक्तापुर्वक ग्रहण गरिन्छ। यो चाँगुनारायण –३ को मात्र नभएर सिंगोे भक्तपुरबासीकै लागि गौरवको कुरा हो। किनकि हामी सबैको बुद्धिमतापुर्ण पहल नभएको भए यो पोखरा, चितवन वा जनकपुर कतै जान सक्थ्यो । धन्न सबैको पहलमा भक्तपुरमा आएको छ। सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलि, माननीय कृष्णगोपाल श्रेष्ठ, भक्तपुरका सितारा माननीय महेश बस्नेत, बचन देउजा, बासुदेव थापालगायत सबै सबैलाई धेरै धेरै धन्यवाद।’

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *