सेयर:

भर्खरै :

अमेरिका बस्ने नेपालीले गरे भक्तपुरलाई सहयाेग    |    असार पहिलो सातासम्म थपियाे निषेधाज्ञा, यी चार क्षेत्र भए खुला!    |    उपत्यकामा निषेधाज्ञा थपिने निश्चित, यस्ताे हुनेछ माेडालिटी    |    तलब वृद्धि थाेरै भएकाे भन्दै सरकारी कर्मचारी आन्दाेलित    |    चाँगुकाे २ नं वडामा सबैभन्दा बढी संक्रमित , कुन वडामा कति?    |    ख्वप अस्पतालप्रति जनताको सद्भावना प्रशंसनीय : बिजुक्छेँ    |    ताथलीकी एक महिला सम्पर्कविहीन, सौडोलमा सन्नाटा    |    ताथली सहकारीद्वारा भक्तपुरमा अक्सिजन प्लान्टका लागि आर्थिक सहयोग    |    झौखेलमा बन्ने प्रत्यारोपण केन्द्रप्रति बागेश्वरीवासीको असन्तुष्टि, मेयरले दिए यस्तो जवाफ !    |    पूर्व राजा ज्ञानेन्द्रले खोले मुख : देशको अवस्थाप्रति चिन्तित छु    |   

सेवामा अझ प्रतिवद्द भई लाग्ने वडाध्यक्षकाे घाेषणा

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकाेटका वडाध्यक्ष शिवहरि केसीले जनताकाे सेवामा आफू अझ प्रतिवद्द भईल लाग्ने बताएका छन् ।
स्थानीय तहको निर्वाचनमार्फत विजयी बनेर जनताको सेवामा लागेकाे ४ वर्षको कार्यकाल पूरा भएकाे अवसरमा सामाजिक सञ्जालबाट सबै वडाबासीमा धन्यवाद ज्ञापन गर्दै उनले बाँकी समय पनि जनताकै सेवामा लाग्ने बताएका हुन्।
“मतदाता महानुभाबहरुको अमूल्य मतदानबाट वडा अध्यक्षको जिम्मेवारीमा बिजय भई पद बहाली (जिम्मेवारी ग्रहण) गरेको चार बर्ष पूरा भएको शुभ अबसरमा हार्दिक कृतज्ञता साथ आभार व्यक्त गर्दछु। सुशासन,समृद्धि र पर्यावरणको मूल प्रतिबद्धता लिएर मतदाता महानुभाबहरुको घर घरमा पुगेको स्मरण गर्दै अप्ठयारो र असहज परिस्थितिमा अाफ्नो बुद्धि ,बिबेक, प्रयत्न, निरन्तर प्रयास र सबैको सहयोग साथबाट प्रतिबद्धता पूरा गर्न र हजुरहरुको निरन्तर सेवामा लागिरहेको छु र लागिरहन पाउँदा खुसी र गर्व महसुस भएको छ। आगामी दिनमा यहाँहरुको साथ सहयोग र आशिर्बादबाट आफ्नो कर्तब्य र जिम्मेवारीका साथ निरन्तर यहाँहरुको सेवामा लाग्ने पुन: प्रतिबद्धता ब्यक्त गर्दछु ।” उनले सञ्जालमा लेखेका छन् ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *