सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक

भक्तपुर, ६ चैत्र २०७८ ।  संस्कृति शिरोमणि हरिराम जोशीद्वारा लिखित पछिल्लो पुस्तक “मेरा अनुभूतिहरु” हिजो एक कार्यक्रम बिच यहाँ विमोचन गरियो ।

नेमकिपाका वरिष्ठ नेता नारायण मान विजुक्छेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि विजुक्छेले राज्यले चिन्न नसकेका संस्कृतिविद् हरिराम जोशीलाई भक्तपुरले चिनेको १६ वर्ष भएको बताउँदै उहाँको पछिल्लो पुस्तक भक्तपुरबाटै प्रकाशित गर्न पाउँदा हामी गौरवान्वित भएको बताए ।

कार्यक्रममा प्रा. डा पुरुषोत्तमलोचन श्रेष्ठले पुस्तकको बारेमा समिक्षा गर्दै निज जोशी तर्क सम्राट, शिष्यहरुका महागुरु एवं एकल विश्वविद्यालय भएको बताए ।

८६ औं बसन्त पार गरिसकेका संस्कृति शिरोमणि जोशीले वि.सं. २०१० सालदेखि समाजको विकासबाट आफ्नो लेखनी यात्रा शुरु गरेका थिए । नेपालको इतिहास, धार्मिक, सांस्कृतिक र वैदिक चिन्तनलाई समय सापेक्षरुपमा आफ्नो तार्किक अभिमतद्वारा विश्लेषण गरिएको पछिल्लो पुस्तक हो “मेरा अनुभूतिहरु” । वहाँको ३० औं पुस्तकको रुपमा प्रकाशित उक्त पुस्तकमा वहाँले आफ्नो भोगाईलाई नितान्त नौलो र सारगर्भित रुपमा व्याख्या र विश्लेषण गरिएको छ ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *