सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन

जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन

भक्तपुर , ४ बैशाख ।बिस्का जात्राको आठौं दिन देवताहरूलाई मन्दिरबाट बाहिर निकाली सगुन दिइएकाे छ ।
भक्तपुर नगर भित्रका सम्पुर्ण दाफा,भजन,गुठी तथा समुदायले बाजा गाजा तथा भजन गाउँदै नगर परिक्रमा गर्ने प्रचलन छ ।
साेही प्रचलन अनुसार आज बाजा,भजन,बासुरी ,धाँ बाजा बजाई नगर परिक्रममा गरी जात्रा मनाएका छन् ।
यसरी हर्षाेल्लासका साथ जात्रा मनाए पनि जात्रा व्यवस्थापनमा खासै काेहीकाे ध्यान नगएकाे स्थानीयले गुनासाे गरेका छन् ।
धार्मिक आस्था अनुसार टाेलटाेलमा रहेका देवीदेवतालाई सगुन दिन आएका जात्रालुहरूले परिक्रमाकाे क्रममा हुइँहुइँ गुडाएका माेटर साईकलले डिस्टर्ब गरेकाे र कहिँकिहँ अवरोध समेत भएकाे गुनासाे गरेका छन् ।
कम्तीमा आज एकदिनलाई मात्र भए पनि नगरपालिका, पुलिस, प्रशासनले माेटरसाईकल राेक्ने काम गरे हुन्थ्यो, पूजाथाली समाउँदै लाइनमा उभिएकी भक्तपुर चाेर्चाका लक्ष्मी लाखाले गुनासो गरिन् ।
हुन पनि जात्राको क्रममा बाजागाजाकाे श्वर गुञ्जेकाे थियाे, जात्रालुहरू आफ्नै सुरले लागिरहेका थिए, नजिकैबाट माेटरसाइकलले टिँ… गरी प्रेसर हर्न दबाए ।
स्थानीयले जात्रामा सवारी व्यवस्थापनमा काेहीकाे ध्यान नजाँदा दु: ख लागेकाे बताए ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *