सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
१५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन

१५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन

भक्तपुर ,३ वैशाख ।नेपालमा १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिले बढी धूमपान गरिएको पाइएको छ । स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालद्वारा संयुक्तरूपमा शुक्रबार आयोजित ‘सुर्तीजन्य पदार्थमा राजस्व वृद्धि र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभाव’ विषयक अन्तरक्रियाका अवसरमा त्यस्तो तथ्यांक सार्वजनिक गरिएकाे हाे ।
तथ्याङ्कअनुसार १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिले बढी धूमपान गर्छन् । १८ वर्षको उमेरमा ७८.८ प्रतिशत मानिसले धूमपान गर्छन् । चुरोट सेवनबाट २६ प्रकारका रोग निम्तिने विज्ञ चिकित्सकहरू बताउँछन् । चुरोट खाने हरेक पाँच जनामा एक जनामा क्यान्सर हुने र एउटा चुरोटले सेवन गर्ने व्यक्तिले २० जनालाई असर पुर्याउने गर्छ ।
अन्तरक्रियामा सहभागीले चुरोट, खैनी, सुर्ती र गुट्खा महँगो पर्ने र व्यक्तिको सेवनमा न्यूनीकरण गर्न सकिने बताइएको छ । सहभागीले नेपालमा अहिले ३० प्रतिशत सुर्तीजन्य पदार्थमा राजस्व लिने गरिएकोमा ७० प्रतिशतसम्म पुऱ्याउनुपर्नेमा जोड दिए ।
नेपालको कुल जनसङ्ख्याको २८ प्रतिशत मानिसले धूमपान सेवन र दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन गर्ने गरेको तथा वार्षिक रू. एक खर्ब ५३ अर्ब चुरोटको धुवाँमा खर्च हुने तथ्यांक रहेकाे जनाएको छ ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *