सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
प्रअलाई कसले कर्तव्यबोध गराउने ?

प्रअलाई कसले कर्तव्यबोध गराउने ?

पढाउने पेसा भएको व्यक्तिलाई अध्यापक भनिन्छ । अनि अध्यापकहरूका पनि अध्यापकलाई प्रधानाध्यापक। यसरी प्रधानाध्यापकमा अन्य शिक्षकमा भन्दा धेरै विषयको विज्ञता हुनु आवश्यक हुन्छ । तर, योग्य, स्थायी र माथिल्लो योग्यता भएका शिक्षक हुँदाहुँदै, हाम्रा धेरै विद्यालयमा अयोग्य, अस्थायी र तोकिएको योग्यताभन्दा कम योग्यता भएका अध्यापक प्रधानाध्यापक हुने गरेका छन् । यसका कारण पनि विद्यालयको शैक्षिक गुणस्तर कायम हुन सकेको छैन । शिक्षा नियमावलीअनुसार प्रधानाध्यापकका काम, कर्तव्य र अधिकार धेरै छन् । तिनमा एउटा, ‘विद्यालयमा दैनिक रूपमा मन्त्रालयले तोकेबमोजिम कक्षा लिने तथा लिन लगाउने’ भन्ने पनि छ । कतिपय प्रधानाध्यापकहरू आफ्नो मूल कर्तव्य अध्यापन हो भन्ने सम्झेर वर्षभरिमा १२ दिन पाइने भैपरी बिदा र पर्व बिदासमेत नलिई विद्यालयमा हाजिर भएर अध्यापनमा दत्तचित्त हुने पनि छन् ।
प्रधानाध्यापकमा अन्य शिक्षकभन्दा छुट्टै जिम्मेवारी हुन्छ । त्यसैले उनीहरू प्रायः व्यस्त नै रहन्छन् । तर, हाम्रा कतिपय प्रधानाध्यापकहरू व्यस्त नभए पनि व्यस्त भएको बहाना गर्ने र कहिलेकाहीँ विद्यालयमा शिक्षकको उपस्थिति कम भएर कक्षा खाली हुँदासमेत कक्षामा पस्तै नपस्ने पनि छन् । चाकरी प्रथालाई महत्व दिने सामाजिक मान्यताका कारण पनि पदीय अहंलाई बढावा दिन मद्दत गर्दो रहेछ । पढाउनबाट परपर तर्किने र आर्थिक मामलामा अति नै कमजोर त्यस्ता प्रअहरू विद्यालय व्यवस्थापन समितिका सदस्य र आफूलाई माया गर्ने राजनीतिक दलको चाकरीमा भने व्यस्त रहने गरेका छन् । बैठक, काज, व्यापार व्यवसाय, जग्गा दलाली र मुद्दामामिलामा व्यस्त रहेर भरसक विद्यालयमा उपस्थित नै नहुने र भए पनि कक्षामा पसेर पढाउँदै नपढाउने भएपछि आफ्ना विद्यालयमा रहेका पाँच सय विद्यार्थीमध्ये २० जनालाई पनि नचिन्ने अवस्था हुने नै भयो । त्यस्ता प्रअबाट कसरी विद्यार्थीको अवस्था र मनोविज्ञान बुझेर शैक्षिक गुणस्तरको योजना बनाउने काम हुन सक्छ ? अनि नियमन गर्ने अधिकार पाएको विद्यालय व्यवस्थापन समिति नै आर्थिक कारोबारमा प्रअसँग मिलेर फाइदा लुट्ने अनि विद्यालय तहसम्मको शैक्षिक व्यवस्थापनको जिम्मा पाएको स्थानीय सरकारका नेता नै विद्यालय व्यवस्थापन समितिमा निर्णायक व्यक्ति बन्ने गरेको अवस्थामा प्रअलाई कसले कर्तव्यबोध गराउने ?
• वज्रपाणि श्रेष्ठ, सिद्धिचरण मार्ग, ओखलढुंगा

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *