सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
२०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या

२०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या

भक्तपुर ,२ बैशाख । भक्तपुर सूर्यविनायक-८ सिपाडोलस्थित गाई फार्ममा बोलाएर सोलुखुम्बु घर भई सुकुम्बासी बस्तीमा बस्दै आएका २० वर्षीय ईश्वर राईको बिहीबार हत्या भएकाे खुलेकाे छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार राईलाई गाई फार्मको टहराभित्र बोलाएर हत्या गरिएको अनुसन्धानको क्रममा खुलेकाे हाे ।
राईलाई २० वर्षका आशिष खुलालले खुकुरी प्रहार गरेका थिए। घाँटीमा खुकुरी प्रहार गरिएका राईको घटनास्थलमै मृत्यु भएको थियो।
राईले र खुलालबीच बिहान ९ बजे मोबाइल सम्पर्क भएको थियो। राईलाई खुलालले सूर्यविनायक-८ सिपाडोलको गाई फार्ममा बोलाएका थिए। खुलालका बुवा त्यहाँ गाई फार्म गरेर बस्थे। राई त्यहाँ पुग्दा खुलालसँगै युनिश योञ्जन र सुनिल बल पनि थिए।
राई पुग्नासाथ वादविवाद सुरू भएको थियो। परिसरका अनुसार वादविवाद हुँदा टहरामा चुकुल लगाएर खुलालले खुकुरी प्रहार गरेका थिए। खुलालले राईलाई खुकुरी हान्न थालेपछि योञ्जन र बल झ्यालबाट हाम्फालेर भागेको प्रहरीको दाबी छ। राईको हत्यापछि खुलाल झ्यालबाट निस्किएर भागेका थिए। खुलाललाई प्रहरीले घटनास्थल नजिकबाटै पक्राउ गरिसकेको छ।
उनीहरूबीच के कस्तो विवाद थियो भन्ने खुलिनसकेको परिसर प्रवक्ता दीपक गिरीले बताए। ‘उनीहरूबीच के कसरी सम्पर्क स्थापित भयो भन्ने कुरा खुल्न बाँकी छ,’ गिरीले भने, ‘के कस्तो विवाद भएको भन्नेबारे पक्राउ परेका व्यक्तिले केही भनेका छैनन्।’
घटना भएपछि अपराह्न ४ बजे भक्तपुर परिसरको टोली घटनास्थल पुगेको थियो। घटनास्थल पुग्दा टहराको ढोका बन्द थियो।
‘ढोकाको चुकुल फोडेर हेर्दा युवकको शव फेला परेको थियो, रगत लतपतिएको खुकुरी पनि त्यहीँ थियो,’ गिरीले भने।
लाशजाँच मुचुल्का उठाएर प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि पठाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको गिरीले बताए। उनका अनुसार राई कहिलेदेखि सुकुम्बासी बस्तीमा बस्थे भन्ने यकिन भइसकेको छैन। प्रहरीले मृतकका आफन्तलाई खबर गरेर बोलाएको छ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *