सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
तालिमको समापन गर्दै मेयरले भने, ‘सरकारी कर्मचारीहरु भत्ताको लागि हानथाप गर्छन्’

तालिमको समापन गर्दै मेयरले भने, ‘सरकारी कर्मचारीहरु भत्ताको लागि हानथाप गर्छन्’

भक्तपुर, २९ चैत्र । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा चैत्र २७ गते शुरु भएको कर्मचारी क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नेपालको सबैभन्दा सक्षम र क्षमतावान् व्यक्तिहरुको पहिचान गरेर नै विदेशीहरुले किन्न खोज्नेतर्फ सबै नेपाली जनता सजग र सचेत हुनुपर्ने औंल्याउ“दै तालिम प्रँप्त सम्पूर्ण कर्मचारीहरुले समाज, देश र आफ्नै माटोको लागि प्रयो गर्ने अठोट गर्नुपर्छ भने ।

सरकारी कर्मचारीहरु कुनै पनि तालिममा जान भत्ताको लागि हानथाप गर्ने परिस्थितिबारे जानकारी गराउ“दै उनले भक्तपुर नगरपालिकाबाट सञ्चालन हुने कुनै पनि तालिममा भत्ता वितरण नगरेको बताए ।भत्ताको लागि नभइ सिक्नको लागि तालिममा जानुपर्छ ।’ उनले भने ।

वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले वर्तमान समयमा कर्मचारीहरु पेन्सन कुरेर नबसी रोजगारीमा स्थानान्तरण गर्न चाहन्छन् भन्ने जेट जेनेरेसनको मान्यताबारे जानकारी दि“दै वास्तवमा कर्मचारीहरु अनुभवी र सक्षम हुन चाहन्छन् भने । वागीश्वरी कलेज आरएमसीका सल्लाहकारी डा. बलराम दुवालले कर्मचारी, शिक्षक हु“दै रणनीतिक तहमा पनि तालिमहरु सञ्चालन गर्न सके वागीश्वरी कलेज एक मानक कलेजको रूपमा विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कलेजका संयोजक ज्ञानसागर प्रजापतिले तालिमबाट प्राप्त ज्ञान कर्मचारीहरुको पू“जी हो भन्दै आफ्नो कार्यक्षेत्रमा पू“जीको सहि परिचालन हुनेमा विश्वास व्यक्त गरे ।

तालिममा अधिवक्ता विकल प्रजापति, अडिटर गणेश प्रसाद दुवाल, सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक सुवास शिवाकोटी, इएमआइएस विज्ञ सम्वेदन कोइराला, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका सहायक निर्देशक शिवहरि अधिकारी, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पुस्तकालय प्रमुख विजय शर्मा, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक फूलप्रसाद सुवेदीले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

तालिममा उपत्यका तथा उपत्यकाबाहिरका विभिन्न कलेजहरुबाट जम्मा ३१ जना कर्मचारीहरु सहभागी थिए ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *