सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
लिपि चिनाउँदै भक्तपुरका युवा

लिपि चिनाउँदै भक्तपुरका युवा

भक्तपुर, २९ चैत । लिपिप्रेमी भक्तपुरका युवाहरूले भक्तपुरको दत्तात्रयमा लिपि म्हसिका अभियान थालनी गरेका छन् ।
आफ्नो हराउँदै गएकाे लिपि बचाउन र लिपिबारे नयाँ तथा पुराना पुस्तालाई जानकारी दिन लिपि ख्वप नामक समूहले साे अभियान थालेका हुन् ।
अभियान अन्तर्गत उनीहरूले कार्यशाला चलाएका थिए । उनीहरूले सहभागीहरूकाे अनुराेध अनुसार लिपिहरूमध्ये आफूलाई मन परेकाे लिपिमा आफ्नाे नाम समेत लेखेर चिनाे लगेका थिए ।
लिपि म्हसिका अभियन्ता श्रीराम खाइतुले नेपालभाषामा रहेका थुप्रै लिपिहरूबारे जानकारी दिन साे कार्यक्रम गरेकाे बताए । अभियन्ता खाइजुका अनुसार नेपालभाषामा ब्राम्ही लिपि, पाली लिपि,गुप्ता लिपि, कुटिला लिपि, पूर्व लिच्छवी लिपि, उत्तर लिच्छवी लिपि, रञ्जना लिपि, भुजिमो लिपि, कूमो लिपि, क्वेंमो लिपि, गोलमो लिपि, पाचुमो लिपि, हिंमो लिपि, लितुमो लिपि र प्रचलित लिपि रहेका छन् ।
लिपिका प्रशिक्षक समेत रहेका खाइतुले लिपि जगेर्ना अहिलेकाे आवश्यकता रहेकाे बताए । अनलाइन प्रशिक्षण गरिरहेका उनले अभियान जारी राख्ने जनाए ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *