सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
बिस्का जात्राको पूर्व सन्ध्यामा तः मारीमा सद्भाव सभा, आएनन्  सिडिओ

बिस्का जात्राको पूर्व सन्ध्यामा तः मारीमा सद्भाव सभा, आएनन्  सिडिओ

भक्तपुर, २७ चैत । चैत्र २८ गतेबाट सुरु हुने ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्राको पूर्व सन्ध्यामा भक्तपुरको तः मारीमा सद्भाव सभा भएको छ ।

जात्रालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउने सन्देश दिनका लागि शुक्रबार भक्तपुर नगरपालिकाले सो सभा गरेको हो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले नेपालमा कोभिड संक्रमणको दोस्रो लहरको खतरा बढ्दै गएको र वायु प्रदूषणका जनस्वास्थ्यमा पर्न सक्ने गम्भीर असरबारे जनता सचेत हुनुपर्ने बताए ।

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सञ्चालन विषयमा सम्बन्धित निकायले समयमै निर्णय गर्न नसक्दा जनतामाझ असन्तोष बढेको बताउँदै सांसद सुवालले बिस्का जात्रा शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गर्न स्थानीय जनता नै निर्णायक हुने हुँदा सभ्यता र संस्कृति झल्किने ढंगले यस वर्षको बिस्का जात्रा सम्पन्न गर्न अपिल गरे ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्राबारे देखिएको अन्योल र अस्पष्ट स्थितिबारे प्रष्ट पार्दै जात्रा मनाउनुपर्छ भन्ने जनताको भावनाअनुरुप जात्रासँग सम्बन्धित विभिन्न सरोकारवालाहरुको रायअनुरुप भक्तपुर नगरपालिकाले यस वर्षको बिस्का जात्रा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उल्लासमय र मर्यादित रुपमा सम्पन्न गर्ने निर्णय गरेको बताए ।

जात्राको नाममा धमिलो पानीमा माछा मार्ने षड्यन्त्रकारीहरुबाट भक्तपुरबासी जनताहरु सचेत हुनुपर्ने बताउँदै भक्तपुर नपाले कोभिड संक्रमणबाट जनतालाई सचेत र सुरक्षित पार्न घरघरमा साबुन र मास्क वितरण कार्यलाई तीव्रता दिइरहेको बताए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरमा मात्र मनाइने प्रसिद्ध बिस्का जात्रा धार्मिक, राजनीतिक, सामाजिक र आर्थिक रुपले महत्वपूर्ण जात्रा भएको औंल्याइन् ।

सभामा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले चैत्र २८ गतेबाट सुरु हुने बिस्का जात्राबारे कार्यतालिका प्रस्तुत गरे ।त्यसैगरी महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले सांस्कृतिक एवम् ऐतिहासिक बिस्का जात्रा शान्तिपूर्ण रुपमा मनाउन अपिल गर्नुहुँदै बिस्का जात्रा अवधिभर नगरभित्र अमनचयन कायम गर्न सुरक्षाकर्मीहरु परिचालन गरिने बताए ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई उपस्थित थिएनन् । सहभागीहरुले प्रजिअ भट्टराई नआएको विषयमा चासो देखाएका थिए ।‘हाम्रो जात्रा नगराने निर्णय गर्ने सिडियोलाई चिनौं भनेर आएको, उहाँ आउनु भएन, सभा अलि खल्लो लाग्यो ।’ सभामा प्रतिक्रिया दिँदै एक सहभागीले भने ।

सभामा सहभागीहरुले सिडिओको हतारको निर्णयको कारण बिस्का जात्रा सञ्चालनमा विवाद निस्किएको बताएका थिए ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *