सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
सहकारीद्वारा विद्यार्थीलाई परामर्श : मिहिनेत गरे सफलता नत्र . . .

सहकारीद्वारा विद्यार्थीलाई परामर्श : मिहिनेत गरे सफलता नत्र . . .


भक्तपुर, २७ चैत्र । भक्तपुरको झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एसईईमा सहभागी हुने विद्यार्थीलाई परामर्श कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं भक्तपुर नगर समितिका अध्यक्ष का. नारायणबहादुर दुवालले कुनै व्यक्ति सफल हु“दैमा असल भएको मान्न नसकिने बताउँदै मिहिनतले सफलता हात लाग्ने जनाए ।
उनले मिहिनेत गरेको खण्डमा जस्तोसुकै गरिबीमा बा“चेको परिवारका छोराछोरीले पनि राम्रो ज्ञान हासिल गरी राम्रो नतिजा निकालेका थुप्रै उदाहरणहरु समाजमा रहेको चर्चा गर्दै जुनसुकै विषय अध्ययन गरे पनि आफूले पाएको शिक्षा देशको हितमा उपयोग गर्ने भावना राख्नु पर्नेमा जोड दिए ।
‘सबै नीतिका राजा राजनीति हुने भएकोले हरेक विद्यार्थीहरुले देश, विदेशको राजनीतिक विषयमा पनि चासो राखिराख्नु आवश्यक हुने र राजनैतिक नेतृत्व असल, सक्षम भएमा मात्र देश विकास हुने भएकोले असल नेतृत्व छनौट गर्न र गरिन सबै योग्य हुनुपछ’ उनले भने ।
कार्यक्रममा संस्थाका अध्यक्ष बलराम गोसाईले संस्थाको गतिविधि र परामर्श तथा मार्गदर्शन कार्यक्रम सञ्चालनको उद्देश्यबारे प्रष्ट पारे ।
आदर्श आजाद मा.वि.भेलुखेल, गणेश मा.वि. भार्वाचो, वाइजल्याण्ड सेकेण्डरी स्कूल जगती, सूर्योदय मा.वि. ख“चा, ब्राइटस्टार सेकेण्डरी स्कूल सूर्यविनायक लगायतका विद्यालयहरुका का विद्यार्थीहरु सहभागि भएको उक्त परामर्श तथा मार्गदर्शन कार्यक्रममा वाइजल्याण्ड सेकेण्डरी स्कूलका प्रिन्सिपल आशाकुमार चिकंबञ्जार, पारागन इ. स्कूलका शिक्षक रत्नवीर किसी, गणेश मा.वि. भार्वाचोका शिक्षक लक्ष्मीसुन्दर सुवाल लगायतका शिक्षकहरुले विद्यार्थीहरुलाई विभिन्न विषयहरुमा मार्ग दर्शन गर्नुका साथै परामर्श दिएका थिए ।
संस्थाको शिक्षा उप–समितिका संयोजक लक्ष्मीसुन्दर सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पवन ग्वाछा र जमुना गोसाईले पनि बोलेका थिए ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *