सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
मेयर मिश्रकाे स्पष्टाेक्ति : एमालेमा प्रवेश गरेको भन्ने समाचार झुट हाे

मेयर मिश्रकाे स्पष्टाेक्ति : एमालेमा प्रवेश गरेको भन्ने समाचार झुट हाे

भक्तपुर , २६ चैत नेकपा एमालेका केन्द्रीय सदस्य तथा चागुनाराण नगरपालिकाका मेयर सोम मिश्रले आफु एमालेमा प्रवेश गरेको नभएर एमालेमै रहेको बताउनुभएको छ । मेयर मिश्रले माधव नेपाल पक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा प्रवेश गरेको भन्ने समाचारको खण्डन गर्दै आफु एमालेमै रहेको प्रष्ट पार्नुभयो ।
“म हिजैदेखि नेकपा एमाले थिएँ । माओवादी केन्द्र र एमालेबीच पार्टी एकताभएसँगै म पनि नेकपाको सदस्य भएँ । फेरि सर्वोच्चले माओवादी केन्द्र र नेकपा एमाले बनाइदिएपछि म एमाले भएको हो । केपी ओली जुन दिन नेकपाबाट फेरि एमाले बन्नुभयो, त्यही दिनदेखि म पनि एमाले भएको हुँ । एमालेमा प्रवेश गरेको भन्ने समाचार झुट हो । त्यसको कुनै अर्थ छैन ।” कारोबारपोष्टसँगको कुराकानीमा उहाँले भन्नुभयो ।
ओली पक्षले भने मेयर सोम मिश्र माधव नेपाल समूह परित्याग गरि ओली नेतृत्वको एमालेमा आएको जनाएको छ ।
नेपाल समूहका प्रभावशाली नेताका रुपमा परिचित मेयर मिश्रले ओलीको पक्षमा उभिदै यस्तो वेलामा सामानान्तर संठन बनाउन नहुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र सैद्धान्तिक वैचारिक असहमती रहनु सामान्य हो । त्यस्ता असन्तुष्टिलाई छलफल गरेर टुंग्याउनु राम्रो हुन्छ । राजनीतिमा असहमतिभित्रबाट सहमति खोजेर अगाडि बढ्नुपर्दछ । केही कुरामा चित्त बुझेन भन्दैमा पार्टी फुटाउने, समानान्तर संगठन बनाउने कुरा दुभाग्यपूर्ण छ । यसले नेपालको सिंगो कम्युनिष्ट आन्दोलनलाई नै क्षतिभन्दा अरु केही दिदैन ।” उहाँले भन्नुभयो, “यस्तो जटिल अवस्थामा महाधिवेसनले बनाएको अध्यक्ष केपी ओलीलाई साथ दिनुपर्दछ ।” karobarpost  बाट

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *