सेयर:

भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   
अन्तत बिस्का जात्रा हुने पक्का, नगरपालिकाले गर्याे यस्तो निर्णय

अन्तत बिस्का जात्रा हुने पक्का, नगरपालिकाले गर्याे यस्तो निर्णय

भक्तपुर , २५ चैत ।अन्तत भक्तपुरको प्रशिद्द बिस्का जात्रा हुने भएकाे छ ।
बिस्काकाे तयारी भइरहेकै बेला भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईको अध्यक्षतामा बसेको जिल्ला प्रकोप व्यवस्थापन समितिको बैठकले भैरवनाथको रथ तान्ने जात्रा र लिंगो उठाउने र ढाल्ने जात्रा नगर्ने निर्णय गरेको थियाे । साे निर्णयको विराेधमा स्थानीय जात्राप्रेमीले विराेध गरेका थिए ।
जात्रा हुनेबारे भक्तपुर नगरपालिकाले गरेकाे पत्रकार भेटघाटमा नगर प्रमुख सुनिल प्रजापतिले आफूहरू नगरवासीकाे भावनाकाे कदरगरी अघि बढेकाे बताए ।
मेयर प्रजापतिले के भने?
भक्तपुरमा हुने जात्रासम्बन्धी महत्त्वपूर्ण निर्णय गर्न स्थानीय तहसँग छलफल वा समन्वय भएको भए यस्तो खालको असहज स्थिति उत्पन्न नहुने स्पष्ट छ। जिल्ला प्रकोप व्यवस्थापन समितिको निर्णय सार्वजनिक भएपछि तत्काल चैत्र २३ गते बिस्का जात्रासँग सरोकार राख्ने सरोकारवाला सबैको बैठक राखी ‘भैरवनायको रथ तान्ने र लिंगो जात्रा’ को बारे छूटै छलफल गर्ने गरी टोल टोलमा हुने जात्रालाई स्वास्थ्य सुरक्षा भापदण्डको प्रबन्ध गरी सञ्चालन गर्ने निर्णय गयो । हामी रथ तान्ने र लिंगो जात्राबारे जनताको तर्फबाट सार्वजनिक रुपमा व्यक्त अभिव्यक्तिप्रति अत्यन्त संवेदनशील छौ।
लाखौ जनतासँग सरोकार राख्ने रथ तान्ने र लिंगो उठाउने र ढाल्ने जात्रावारे जिल्ला प को प व्यवस्थापनको निर्णय सच्याउन आजै मात्र माननीय प्रेम सुवालका साथ हामी जनप्रतिनिधिहरूको एउटा टोली प्रमुख जिल्ला अधिकारीसँग भेट गरी छलफल गयो । उहाँ यस विषयमा अत्यन्त सकारात्मक हुनुभयो । यस बिषयमा निकास दिन जति ढिलो भयो त्यति नै समस्या झन् जटिल हुनसक्ने विषयलाई ध्यानमा राखी आजै बसेको प्रकोप व्यवस्थापन नगर समितिलगायत जात्रासँग सरोकार राख्नेहरुसँगको बैठकले निम्न लिखित निर्णय गरेको जानकारी गराउन चाहन्छौं :
१) प्रसिद्ध बिस्का जात्राअन्तर्गतको भैरवनायको रथ तान्ने, लिंगो उभ्याउने र ढाल्ने कोभिड १९ रोग संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने ।
२) अनुशासित र मर्यादित रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सभ्य रुपमा जात्रा सम्पन्न गर्न माइकिङ गरी सबैसँग आग्रह गर्ने ।
३) बिस्का जात्रा सञ्चालनको लागि आवश्यक तयारी गर्न सरोकारबाला सबै पक्षसँग आग्रह गर्ने ।
४) जात्राको अवधिमा शान्ति सुरक्षाको सबै बन्दोंबस्त जिल्लास्थित सुरक्षा निकायमाफ्फत गर्ने ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *