सेयर:

भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   
क्षयरोगकाे जाेखिममा भक्तपुर, सामुहिक अभियान जरुरी

क्षयरोगकाे जाेखिममा भक्तपुर, सामुहिक अभियान जरुरी

भक्तपुर , २४ चैत ।भक्तपुर क्षयरोगकाे जाेखिम क्षेत्रमा पर्दै गएकाे सराेकारवालाहरूले बताएका छन् ।
नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाले आयाेजना गरेकाे कार्यक्रममा सहभागीहरूले साे कुरा बताउँदै जिल्लालाई क्षयरोग मुक्त बनाउनका लागि सामुहिक अभियान जरूरी रहेकाे बताएका हुन् ।
कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य महेन्द्रगाेपाल कर्माचार्यले भक्तपुरका चारवटै नगरपालिका क्षयराेगकाे जाेखिममा रहेकाे अवस्थालाई मनन गरि जाेखिम घटाउने अभियानलाई टाेलटाेलसम्म लग्नुपर्नेमा जाेड दिए । उनले क्षयरोग निवारण संस्था विशुद्ध सामाजिक संस्था भएकाले त्यसकाे मर्यादालाई कायम राखी समुदायमा गएर काम गर्नुकाे विकल्प नरहेको बताए ।
केन्द्रीय सदस्य कर्माचार्यले समाजमा विभिन्न कारणले लुकेर बसेका क्षयरोगी पत्ता लगाउने काम चूनाैतिपूर्ण रहेकाे जनाउँदै साे चुनाैतिलाई सबै मिलेर सामना गरि जिल्लालाई क्षयरोग मुक्त बनाउनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका क्षयकुष्ठ अधिकृत याेगिा खनाल, क्षयरोग सम्पर्क अधिकृत शारदादेवी सापकोटाले क्षयरोग नियन्त्रणमा भक्तपुरले गरिरहेकाे अभ्यासबारे चर्चा गरे ।
उनीहरूले आर्थिक वर्षको पछिल्लो चार महिनामा मात्र १२३ बढी नयाँ क्षयरोगी भेटिएकाले अभिमुखीकरणलाई बढावा दिनुपर्ने बताए ।
संस्थाले आयाेजना गरेकाे परियोजना परिचयात्मक कार्यक्रममा जिल्लालाई क्षयरोग मुक्त अभियान जारी रहेकाे र साेही अभियानलाई सफल बनाउन संस्थाले आर्थिक वर्ष २०७७/०७८ का लागि विभिन्न याेजना तय गरिएको जानकारी दिए । संस्थाका उपाध्यक्ष सुरेश प्रधानले क्षयरोग नियन्त्रणका लागि शिक्षक तथा नागरिक समाजको भूमिका , क्षयरोगी बिरामीसँग परामर्श तथा अन्तरक्रिया, पाेषण सेवा, घरदैलो खकार परीक्षण सेवा, जाेखिमपूर्ण समुदायलाई अभिमुखीकरण र सूचना सामग्री प्रकाशन र वितरण कार्यक्रम तय भएकाे बताउँदै साे कार्यक्रमले क्षयरोग न्यूनीकरणमा टेवा पुग्ने बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष पुष्पलाल तिमिला, सचिव सुमन श्रेष्ठलगायले संस्थाले उपचारात्मक र प्रवर्द्धन कार्यक्रम अघि बढाइरहेको बताए ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *