सेयर:

भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   
बिस्का जात्रा गरे कारबाही हुने, भयाे ५ निर्णय

बिस्का जात्रा गरे कारबाही हुने, भयाे ५ निर्णय

भक्तपुर , २२ चैत । नयाँ वर्षको आगमनसँगै भक्तपुरमा मनाइने बिस्का जात्रा याे वर्ष पनि नगर्नका लागि सर्वपक्षीय निर्णय भएकाे छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईकाे संयोजकत्वमा तथा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलाल लगायतका व्यक्तिको उपस्थितिमा बसेकाे जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्र (DCCMC) भक्तपुरको ४५ औं बैठकले साे निर्णय गरेकाे हाे ।
बैठकले गरेका निर्णय यस्ता छन् :
१. हाल मित्र राष्ट्र भारतका विभिन्न प्रान्तहरुमा कोभिड -१९ को संक्रमण बढिरहेको र हाम्रो देशमा पनि जोखिम बढ्ने सम्भावना रहेको छ। भक्तपुर जिल्लामा मनाइने विस्केट जात्रामा रथ तान्ने तथा लिङ्गो ठड्याउने काममा हजाराैं भक्तजनहरु सहभागी हुने गरेको तथा सो भिडभाडले कोभिड -१९ को संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेकोले यस वर्षको विस्केट जात्रामा पुजारीलाई मात्र राखेर पुजा गर्ने तथा रथ तान्ने र लिङ़गो ठड़याउने काम गत वर्ष जस्तै यस वर्ष पनि नगर्ने।
२. नयाँ वर्ष २०७८ को अवसरमा हुने पुजा, पाठ, सप्ताह र पिकनिक जस्ता कार्यक्रमले कोभिड -१९ को जोखिम बढ्ने सम्भावना रहेकोले यस्ता कार्यक्रम गर्दा सिमित संख्यामा कोभिड -१९ को मापदण्ड पालना गरेर मात्र गर्ने साथै पुजा, पाठ र जात्रा लगाएतका कार्यक्रम गर्दा डोली बोक्ने तथा रथ तान्ने जस्ता कार्य नगर्न, नगराउन समेत अनुरोध गर्ने
३. यस जिल्लामा मनाइने जिब्रो छेड़ने तथा सिन्दुर जात्रामा अत्यधिक भिडभाड भई कोभिड-१९ को जोखिम बढ्ने सम्भावना रहेकोले यस्ता किसिमका कार्यहरु नगर्न, नगराउन सम्पुर्णमा अनुरोध गर्ने
४. कोभिड-१९ संक्रमणको जोखिम नियन्त्रण गर्न कोभिड-१९ को मापदण्डको पालना तथा भिडभाड हुने गरी कुनै किसिमको कार्य नगर्न, नगराउन तथा प्रचार प्रसार लगायत जनचेतनामुलक कार्यक्रम गर्न सवै नगरपालिकाहरुलाई अनुरोध गर्ने।
५. कोभिड १९ को जोखिम नियन्त्रणका लागी नेपाल सरकारबाट जारी भएको मापदण्डहरुको उल्लघन गर्नलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *