भक्तपुर , २२ चैत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरमा उपाध्यक्ष, सचिव, काेषाध्यक्ष, र समावेशी सहसचिव पद निर्विरोध भएकाे छ ।
निर्वाचन समितिले उम्मेदवारी मनोनयनको नामावली प्रकाशन गर्दै साे पदहरूमा निर्विरोध भएकाे जनाएको छ । निर्विरोध भएका पदहरूमध्ये उपाध्यक्षमा सुन्दर शिल्पकार, सचिवमा सन्जीप घिमिरे, काेषाध्यक्षमा विनाेद काेजू र समावेशी सहसचिवमा सुमन श्रेष्ठ निर्विरोध भएका हुन् ।
आगामी चैत २५ गते बुधबार हुने नेपाल पत्रकार महासंघको जिल्ला शाखा भक्तपुर समितिको निर्वाचनका लागि अध्यक्ष पदका लागि जगत प्रजापति र रमेश गिरीकाे उम्मेदवारी परेकाे छ ।
त्यस्तै महिला उपाध्यक्षमा लिला श्रेष्ठ र शुसिला कुमारी सिग्देल, सहसचिव खुलामा दिपक ढुंगाना, विदुर नेपाल र हेमराज ढकालकाे उम्मेदवारी परेकाे छ भने महिला सदस्यमा कन्चन किसि र सुनिता तुलाधर तथा समावेशी सदस्यतर्फ ५ जनाकाे उम्मेदवारी परेकाे छ । साे पदका लागि काशीराम विरस,किरण सुवाल, प्रतिमा श्रेष्ठ, प्रेम प्रजापति र रामकुमार तितजुकाे उम्मेदवारी परेकाे छ ।
त्यस्तै खुला सदस्यहरूमा दिनेश कार्की, बाबुकाजी श्रेष्ठ, विकास थापा प्रहर, राजकुमार लामिछाने, राजल हुंका( हरिसुन्दर) , रामगाेपाल तमखु, रोशन क्षेत्री, सन्जिवप्रसाद दुलाल, सविना केसी, सुवास-चौलागाई र हरिशरण बाँस्तोलाकाे उम्मेदवारी परेकाे निर्वाचन समितिले जनाएको छ ।
