भक्तपुर, २१ चैत्र । ६४ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा वर्तमान सहकारी ऐन कानुन र त्यसको सान्दर्भिता विषयक अन्तरक्रिया सम्पन्न भयो ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्वअध्यक्ष एवंम् सहकारी विज्ञ कैलाशभक्त प्रधानांगले कार्यक्रमको उद्घाटन गर्दे पद, पैसा र पहुँचका आधारमा संचालित सहकारी संस्थाहरुमा चरम बेथिति रहेका कारण जनताका बचत जोखिममा रहेको कुरा बताए ।
उनले सहकारी ऐन पाँचपटक बनीसक्दा पनि सहकारीमा बेथिति रोक्न नसकेकोमा खेद व्यक्त गर्दै आम जनतामा सहकारी शिक्षा दिनुपर्ने बताए ।
संघका अध्यक्ष कृष्ष्णगोविन्द लाखाजुले वर्तमान सहकारी ऐन कानुन र त्यसको सान्दर्भिकता विषयमा कार्यपत्र प्रस्तुत गर्दै व्यवहारिक कानुन मात्र कार्यान्वयमा आउने भएकोले अव्यवहारिक कानुनहरुको सुधारका लागि ध्यान आर्कषण गर्दे आएको बताए ।
उनले सहकारी मर्यादित व्यवसाय हुदाँहँुर्दै पनि अमर्यादित गतिविधिले पश्रय पाएकोमा चिन्ता व्यक्त गर्दै अमर्यादित ढंगबाट संचालित सहकारी संस्थाहरुलाई मर्यादित बनाउन ऐन बमोजिम कार्वाही गर्नुपर्ने बताए ।
नेफस्कूनका संचालक मन्दरा मिश्रले सहकारीको ऐनको परिपालना गर्न गराउनमा संघ लागि परेको कुरा बताउँदै स्थिरिकरण कोषलाई प्रभावकारी संचालन गर्न संशोधन तथा परिर्माजनको आवश्यकता रहेको कुरा बताइन् ।
जिल्ला सहकारी संघका उपाध्यक्ष कुष्णबहादर घजुले सहकारी दिवसको चर्चा गर्दे सहकारीका संचालक र व्यवस्थापकहरु एवंम कर्मचारीहरुलाई तालिमको आवश्यकता रहेको बताए भने जिल्ला कृषि सहकारी संघका अध्यक्ष सनिस लागेजुले सहकारीलाई उत्पादनसँग जोडेर लानुपर्ने आवश्यकता औंल्याए ।
भक्तपुर नगरपालिकाका प्रतिनिधि एवम् भनपा वडा न २ का वडा अध्यक्ष हरिप्रसाद वासुकलाले भक्तपुर नपाले संचालन गरिरहेको सहकारी गविधिबारे चर्चा गर्दै जनताले अस्विकार गरेको अव्यवहारिक ऐन कानुन संशोधनमा भक्तपुर नगरपालिका सकारात्मक रहेको बताए ।
संघका उपाध्यक्ष हरि बल्लले सहकारीलाई जे बुझ्यो त्यही ढंगबाट संचालन गर्दा समस्या आएकोले सहकारीको नियमनकारी निकायले संघ सहितको अनुगमनमा ध्यान दिनुपर्ने बर्ता ।
संघको व्यवस्थापक बालकृष्ण धोजुले कार्यक्रमको संचालन गर्दै सहकारी संघ, संस्था र नियमनकारी निकायको समेत सहभागितामा भएको अन्तरक्रिया कार्यक्रमले सहकारीमा वेथिति रोक्न आम जनसमुदाय, सहकारी संचालक, सहकारीका सदस्य र नियमनकारी निकायलाई सहकारी शिक्षा तथा तालिमको आवश्यकता बोध गराएको बताए ।
सो कार्यक्रममा सदस्य संस्थाबाट १३० जनाको सहभागिता रहेको थियो ।