सेयर:

भर्खरै :

शिक्षक, जसलाई प्रहरीले अपहरण शैलीमा नियन्त्रणमा लिए    |    भक्तपुरमा अक्सिजन क्रान्ति, बिजुक्छेँले गरे उद्घाटन    |    फाेटाे किन खिचेकाे भन्दै प्रहरीले थुने शिक्षक    |    अमेरिका बस्ने नेपालीले गरे भक्तपुरलाई सहयाेग    |    असार पहिलो सातासम्म थपियाे निषेधाज्ञा, यी चार क्षेत्र भए खुला!    |    उपत्यकामा निषेधाज्ञा थपिने निश्चित, यस्ताे हुनेछ माेडालिटी    |    तलब वृद्धि थाेरै भएकाे भन्दै सरकारी कर्मचारी आन्दाेलित    |    चाँगुकाे २ नं वडामा सबैभन्दा बढी संक्रमित , कुन वडामा कति?    |    ख्वप अस्पतालप्रति जनताको सद्भावना प्रशंसनीय : बिजुक्छेँ    |    ताथलीकी एक महिला सम्पर्कविहीन, सौडोलमा सन्नाटा    |   
भक्तपुरमा घेरिए माधव नेपाल !

भक्तपुरमा घेरिए माधव नेपाल !

भक्तपुर, २१ चैत । नेकपा एमालेका वरिष्ठ नेता भक्तपुरमा घेरिएका छन् । सामुदायिक विद्यालय अभिभावक संघकाे दाेस्राे साधारणसभामा आएका उनी शनिबार दूधपाटीमा घेरिएका हुन् ।
साधारणसभाकाे उद्घाटनपछि आफ्नो मन्तव्य सकनएर फर्किने क्रममा उनका समर्थक तथा शुभचिन्तकहरूले घेरामा राखी फाेटाे शेसन गरे । सँगै उनीसँगै केहीले सेल्फी समेत लिए ।
त्यसपछि उनी कार्यक्रमबाट उनी बिदा भए ।
कार्यक्रममा उनले मन्तव्यकाे क्रममा दासता स्वीकार नगर्ने नागरिक अहिलेकाे आवश्यकता रहेकाे बताए । उनले देश बनाउनका लागि आत्मअनुशासन जरूरी रहेकाे बताउँदै राजनीतिमा त्यसकाे कमी भएकाेमा चिन्ता जनाए ।
कार्यक्रममा उनले संघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरे ।
संघका अध्यक्ष रामप्रसाद न्याैपानेले संघले सामुदायिक विद्यालयका समस्या समाधानमा लागिरहेकाे बताए ।
कार्यक्रममा साहित्यकार चट्याङ मास्टरले सामुदायिक स्कुल बनाउनका लागि सबैले पहल गर्नुपर्ने बताए भने अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीलगायतले शुभकनमना दिए ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *