भक्तपुर २१ चैत । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा उपत्यकाव्यापी धिमे प्रतियोगिता हुने भएकाे छ ।
मध्यपुर थिमिस्थित ओेस्ला नेपालकाे आयाेजनामा चैत २८ गते मध्यपुर थिमि नगरपालिकामा प्रतियोगिता हुने भएकाे हाे ।

प्रतियोगिताबारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलन
प्रतियोगिताबारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा आयाेजक नेपालले मध्यपुर थिमी नगरपालिकाको रू दुई लाख ५० हजार आर्थिक सहयाेगमा कूल रू ४ लाखकाे लागतमा स्पर्धा हुने जनाए ।
ओेस्लाका उपाध्यक्ष एवं कार्यक्रम संयाेजक सुशील जाेशीले ओेस्ला स्थापनाकाे उद्देश्यबारे जानकारी दिँदै विगतमा ४ पटक धिमे बाजा प्रतियोगिता गरिसकेको बताए । उनले धिमे प्रतियोगिताले साँस्कृतिक संरक्षण गर्न मद्दत पुगेकाे र धिमे प्रशिक्षणकाे अभियान सुरू भएकाे जानकारी दिँदै जात्रालाई अझ अनुशासित बनाउन सहयोग पुगेको जनाए ।
`सामाजिक परिवर्तनका लागि युवा नेतृत्वको अपरिहार्यता’ भन्ने नारालाई आत्मसात गरी संस्था स्थापना भएको जानकारी दिँदै ओेस्लाका अध्यक्ष राजेश श्रेष्ठले स्थापनाकालदेखि नै सामाजिक, शैक्षिक, सांस्कृतिक, भाषिक, स्वास्थ्य, खेलकुद तथा पर्यावरणीय क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएकाे बताए ।
उनले नेपाली परम्परा, कला, संस्कृति, बाजा, तथा भाषाको संरक्षण तथा सम्बर्द्धन गर्नु नै स्पर्धाको मूल उद्देश्य भएकाे चर्चा गर्दै सोही उद्देश्य अनुरूप नेपाली परम्परागत कला, संस्कृति र मौलिक लोकबाजाजस्ता अमूर्त सम्पदाको संरक्षण र सम्वर्दनका लागि २०५८ सालदेखि धिमेबाजा स्पर्धा गर्दै आएकाे बताए ।
`धिमे बाजाको परम्परागत पहिचान यसको सुर, ताल, बोलको मौलिकता कायम राख्न र यसको संरक्षण तथा प्रवर्द्धनका लागि संस्थाले विगतदेखि नै पटक-पटक गरी जिल्ला र उपत्यकाव्यापी सहित चौथाे पटकसम्म धिमेबाजा प्रतियोगिता सम्पन्न गरिसकेका छौं।´ अध्यक्ष श्रेष्ठले भने, `सोही कार्यलाई निरन्तरता दिदै यस वर्ष चैत २८ गते शनिबार वालकुमारी मन्दिरको प्रांगणमा पाँचाै उपत्यकाव्यापी खुल्ला धिमेवाजा प्रतियोगिताको आयोजना गरिएको हाे ।´
साे स्पर्धाका लागि मध्यपुर थिमि नगरपालिकाको सहयोग रहेकाे उनकाे भनाइ छ । प्रतियोगितामा १५ वटा खलः पुचः ले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामा विजयी तथा उप-विजयी टोलीहरुका लागि शिल्ड, पदक, प्रमाण-पत्र तथा नगद पुरस्कारको व्यवस्था गरिएको बताउँदै उनले प्रथम पुरस्कार स्वरूप रू १५ हजार, दोस्रो पुरस्कार स्वरूप रू. १० हजार र तेस्रो पुरस्कार रू. ५ हजार रहेको जनाए ।
सम्मेलनमा ओेस्ला नेपालका सदस्य दिकेश बज्राचार्यले स्पर्धा सम्पन्न गर्नका लागि सबैकाे सहयोग आवश्यक रहेकाे बताए ।
के हाे धिमेबाजा ?
नेपाली समाजमा भएका अनेकौं लोकबाजाहरुमध्ये धिमेबाजा बेग्लै पहिचान बोकेको विभिन्न बाद्यसामग्री सहितको समुहमा बजाइने नेवारी मौलिक लोकबाजा हो। नेवार समाजमा विशेषगरी जात्रापर्वमा बजाइने बाद्यसामग्रीहरुमा धिमे (ठूलो आकारको डोलक), कॉसको भुस्याय् (भयाली) र तां पर्दछन् । आफ्नो समाज ठाउँ विशेषअनुसार उपर्यक्त वाद्यसामग्रीहरुमा सबै, दुई वा तीन प्रकारको बाद्यसामग्रीको प्रयोग हुनेगर्दछ।
यो बाजाको सुन्दर पक्ष भनेको नै यसको सुर, ताल, बोल र हाउभाउ नै हुन । सही सुर, ताल र बोल तथा हाउभाउबाट बजाइएको धिमेबाजाको रोमाञ्चक र मनमोहक ध्वनीले जोकोहीलाई पनि मन्त्रमुग्ध र पुलकित बनाउँछ।