सेयर:

भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   
सवाल विद्यार्थीको : जवाफ मेयरको

सवाल विद्यार्थीको : जवाफ मेयरको

भक्तपुर, १९ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित निकल्सन माविका विद्यार्थीहरूको साक्षात्कार कार्यक्रम बुधबार सम्पन्न भयो ।

निकल्सन मावि कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय सरकारको संरचना, विकास निर्माणका गतिविधि तथा कार्यक्रमहरूबारे परिचित गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा नगर प्रमुख प्रजापति र विद्यार्थीहरूबीच भक्तपुर नगरपालिकाले गरिरहेका विविध गतिविधि तथा कार्यक्रमहरूबारे अन्तरक्रिया भयो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्थानीय तहको काम, कर्तव्यबारे विद्यार्थीहरूलाई अवगत गराउनुहुँदै भक्तपुर नगरपालिकाले कानुनी अधिकारभित्र रही आफ्नो कार्य सम्पादन गर्दै आइरहेको प्रष्ट पारे ।

भक्तपुर नपाले छिमेकी नगरपालिकाहरूसँग पनि आवश्यक समन्वय र देशका विभिन्न स्थानीय तहहरूसँग पनि अनुभव आदानप्रदान गर्दै अगाडि बढिरहेको बताउँदै प्रमुख प्रजापतिले ‘एक घर एक स्नातक‘ अभियानबाट भक्तपुरमा शैक्षिक परिवर्तन आएको जानकारी दिए ।
उनले भक्तपुरलाई नमुना स्थानीय तहको रुपमा परिचित गर्न नगरपालिका क्रियाशील रहेको बताए ।

योग्य र सक्षम व्यक्तिलाई कहिल्यै पनि रोजगारीको समस्या नहुने औंल्याउँदै उनले विद्यार्थीहरूमा नैतिक शिक्षाको खाँचो रहेको बताए । साथै शिक्षा र स्वास्थ्यको समस्या समाधान भए जनताको आधा समस्या समाधान हुने बताउँदै देश सञ्चालनको लागि सबै खालका जनशक्तिहरूको उत्तिकै महत्व हुने बताए । कार्यक्रममा उपस्थित विद्यार्थीहरू भक्तपुर नपाको शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माण, खेलकुद, कृषिलगायतका क्षेत्रमा भए–गरेका कार्यहरूबारे आ–आफ्नो जिज्ञासा नगर प्रमुख समक्ष राखेका थिए ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *