सेयर:

भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   
नेता बिजुक्छें र महानगरका प्रमुख महर्जनबीच भेट्दा बज्यो चार : बिजुक्छेंले महर्जनलाई दिए जनताले सुख पाउने टिप्स

नेता बिजुक्छें र महानगरका प्रमुख महर्जनबीच भेट्दा बज्यो चार : बिजुक्छेंले महर्जनलाई दिए जनताले सुख पाउने टिप्स

भक्तपुर, १८, चैत्र । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भेट गर्नुभयो । बुधबार अध्यक्ष बिजुक्छेँसँग उनको निवासमा भएको भेटमा ललितपुर महानपाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा कुराकानी भयो ।

भेटमा अध्यक्ष बिजुक्छेँले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने र जनप्रतिनिधिले इमानदारीपूर्वक देश र जनताको सेवा गर्दा जनताले सुख पाउने बताए ।

प्राचीन र ऐतिहासिक सहर तथा सम्पदा क्षेत्रमा भारी सवारीसाधन प्रवेश निषेध गर्नुपर्ने र व्यवस्थित रुपले काम गर्न नगरपालिकामा कार्यरत निरीक्षकहरुलाई इन्जिनियरिङ तालिम दिनुपर्ने अध्यक्ष बिजुक्छेँले बताए । उनले पुरानो सीप तथा प्रविधिहरुलाई संरक्षण गर्नुपर्ने बताउनुहुँदै भाषा तथा साहित्य क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताए ।

भेटमा ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले भक्तपुर नपाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा देशकै लागि उदाहरणीय कार्य गरिरहेको र ललितपुरले पनि सम्पदा बस्ती संरक्षण गर्ने हेतुले आवश्यक नीति–नियमहरु बनाउँदै अगाडि बढिरहेको बताए ।

ललितपुरको सम्पदा संरक्षणमा महानपाले गरिरहेको कार्यहरुबारे अवगत गराउँदै प्रमुख महर्जनले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा ठेकेदारलाई भन्दा स्थानीय उपभोक्ता समितिमार्फत गराउनुपर्ने महानपाले निरन्तर जोड दिँदै आएको बताए । सो भेटमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको पनि उपस्थिति थियो ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *