सेयर:

भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   
चौथो राष्ट्रिय सम्मेलनको तयारीमा राष्ट्रिय जनमोर्चा, मूल नारा संघीयता खारेजी

चौथो राष्ट्रिय सम्मेलनको तयारीमा राष्ट्रिय जनमोर्चा, मूल नारा संघीयता खारेजी

भक्तपुर, १८ चैत । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन यही २०७७ चैत्र २४,२५ र २६ गते रुपन्देहीको बुटवलमा आयोजना हुन गइरहेको छ। कोरोना प्रकोपको स्थितिमा सुधार आइनसकेकाले यो सम्मेलन प्रतिनिधिमूलक र सभाहलभित्र सम्पन्न हुनेछ। सम्मेलनको उदघाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्ने छ ।

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको मूल नारा ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं’ संघीयताको खारेज गरौं, भ्रष्टाचारको विरुद्ध संघर्ष गरौं’ भन्ने रहेको छ। सम्मेलनमा राजनीतिक प्रतिवेदन ,घोषणापत्र, विधान संशोधन र समसामयिक राजनीतिक प्रस्तावहरु प्रस्तुत र पारित हुनेछन् ।

सम्मेलनले नयाँ केन्द्रीय समितिको पनि चयन गर्ने छ । सम्मेलनमा प्रस्तुत हुने दस्तावेजहरु को तयारी , प्रतिनिधिहरूको चयन , सम्मेलन सफल पार्नका लागि विभिन्न समितिहरु गठन तथा व्यवस्थापन सम्बन्धी कार्यहरू अन्तिम चरणमा पुगेको राष्ट्रिय जनमोर्चा बाग्मती प्रदेश सचिव एवम् भक्तपुर जिल्ला अध्यक्ष शिवहरि खनालले जानकारी दिए ।

उनले भने, राष्ट्रिय जनमोर्चा देश र जनताको पक्षमा सही निर्णय लिने र तिनको पक्षमा दृढतापूर्वक सङ्घर्ष गर्ने राजनैतिक पार्टी हो । पार्टीले देशका राष्ट्रिय आन्दोलनहरुमा एकल र आवश्यक पर्दा संयुक्त रुपमा संघर्ष गर्दै आएको छ ।’

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *