सेयर:

भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   
भक्तपुरमा जिल्लाकै सर्वाधिक धनराशीकाे ब्याडमिन्टन प्रतियोगिता

भक्तपुरमा जिल्लाकै सर्वाधिक धनराशीकाे ब्याडमिन्टन प्रतियोगिता

भक्तपुर, १६ चैत । भक्तपुरको सूर्यविनायकमा जिल्लाकै सर्वाधिक धनराशिकाे ब्याडप्रतियाेगिता सुरू भएकाे छ ।
सूर्यविनायकस्थित नियाेलाेजियन ऐकेडेमीमा निओ ब्याडमिन्टन ग्रूपले जिल्लाव्यापी आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता आयाेजना गरेकाे हाे ।
नयाँ वर्ष २०७८ तथा बिस्का जात्राकाे अवसरमा आयाेजित प्रतियाेगितामा प्रथम हुने टीमले रू. २५ हजार, द्वितीय हुने टीमले रू. १५ हजार र तेस्रो हुने टीमले रू. १० हजार नगद, प्रमाणपत्र, मेडल र ट्रफी पाउने आयाेजकले जनाएकाे छ ।
प्रतियोगिताको उद्घाटन सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष किरण थापा र भक्तपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिबीच स्पर्धा गरि गरिएकाे थियोे ।
कार्यक्रममा वडाध्यक्ष किरण थापाले ब्याडमिन्टन खेलप्रति आकर्षण बढेकाे र टाेलटाेलमा पुगेकाेले यसलाई संस्थागत गर्न जरूरी रहेको बताए । उनले सूर्यविनायक नगरपालिकाले खेलकाे विकनस र प्रवर्द्धनका लागि वडागत रूपमा बजेट विनियोजन गरेकाे जानकारी दिए ।
उनले निकट समयमै नगरव्यापी फुटसल प्रतियोगिताकाे तयारीमा रहेकाे जनाउँदै नगरपालिकाले सडक र भाैतिक पूर्वाधारलाई मात्र प्राथमिकतामा नराखी खेललाई पनि प्राथमिकता राखी ठाउँठाउँमा खेलमैदान निर्माण गरिरहेकाे बताए ।
उनले प्राइभेट रूपमा गरिएका प्लटिङलाई नगर विकास प्राधिकरणसँग समन्वय गरि नगरपालिकाले संस्थागत गर्ने काम थालेको चर्चा गर्दै व्यवस्थित रूपमा प्लानिङ गराएर सार्वजनिक पर्तीमा खेलमैदान विकासकाे याेजना रहेकाे बताए ।
कार्यक्रममा अध्यक्ष प्रजापतिले शारीरिक र मानसिक रूपमा स्वस्थ हुनका लागि पनि खेल खेल्नु आवश्यक रहेकाे बताए । उनले खेलमा नयाँ पुस्तालाई खेलमा आकर्षण गराउन जरुरी रहेकाे जनाउँदै इन्डाेर खेलकाे रूपमा रहेकाे ब्याडमिन्टनका लागि कभर्डहलकाे आवश्यकता रहेकाे उल्लेख गरे । त्यसका लागि स्थानीय पालिकाले पहल गर्नुपर्ने पनि उनकाे भनाइ छ ।
कार्यक्रममा आयाेजक ग्रूपका अध्यक्ष छाेनाम माेक्तानले लकडाउनलाई अवसरका रूपमा उपयाेग गरेकाे जनाउँदै नियमित खेलले स्फुर्त रहन सहयोग पुगेकाे बताए ।
स्पर्धामा १७ टीमकाे सहभागिता रहेकाे आयाेजक ग्रूपका सचिव एवं नियाेलाेजियन एकेडेमीका प्रिन्सिपल रत्नबहादुर राईले जनाए । स्पर्धा १९ गते सम्पन्न हुनेछ ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *