सेयर:

भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   
गुरूङकाे संयाेजकत्वमा सम्मेलन समिति, वर्ग शत्रुको निद्रा हराम हुने काम गर्न निर्देशन

गुरूङकाे संयाेजकत्वमा सम्मेलन समिति, वर्ग शत्रुको निद्रा हराम हुने काम गर्न निर्देशन

काठमाडौं, १५ चैत ।नेपाल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय समितिमा प्रकाश गुरुङ्गको संयोजकत्वमा १३ औं राष्ट्रिय सम्मेलन तयारी समिति गठन भएको छ ।
राष्ट्रिय भेलाको बन्द सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले विद्यार्थीहरुको जिम्मेवारीको विषयमा बोल्दै विद्यार्थीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनैतिक विषयमा जानकार हुनुपर्नेमा जोड दिए । सांसद सुवालले नेपालको गलत नक्सा भारतले छाप्ने भएकाले अतिक्रमित भूमिबारे भ्रम सिर्जना भएको बताए ।
प्रतिक्रियावादी साहित्यले जनताको मुद्दालाई नसमेट्ने हुनाले विद्यार्थीहरुले माक्र्सवादी साहित्यको अध्ययनमा निखारिनुपर्ने अतिथि सुवालले बताए । उनले वर्गशत्रुहरुले किसान र मजदुरका छोराछोरीहरुलाई हरेक क्षेत्रमा बाधा हाल्ने चर्चा गर्दै विद्यार्थी सचेत र संगठित गर्नुको विकल्प नभएको बताए ।
भेलामा नेमकिपा केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले वर्गशत्रुहरुको निन्द्रा हराम गर्ने काम क्रान्तिकारीहरुले गर्ने भएकाले सैद्धान्तिक प्रशिक्षणमा जोड दिन आग्रह गरे ।
अतिथि प्रजापतिले भक्तपुर नगरपालिकाले जस्तै देशभरका अन्य स्थानीय तहले पनि शैक्षिक संस्था खोल्ने र स्वास्थ्य सेवा उपलब्ध गराउन सके नेपाली जनताको जीवन सहज हुने औंल्याउदै अन्य स्थानीय तहका जनप्रतिनिधिहरु भक्तपुर नगरपालिकाको भ्रमणमा आइरहेको जानकारी गराए । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले अध्ययनलाई व्यवहारमा रुपान्तरण गर्दै सांगठनिक सक्रियतालाई व्यापकता दिनुपर्नेमा जोड दिनुपर्ने कुरा बताए ।
नेमकिपा केन्द्रीय सदस्य एवं नेमकिपा काठमाण्डौ जिल्ला अध्यक्ष नारायण महर्जनले युवा विद्यार्थीले कामदार जनतालाई सचेत र संगठित पार्ने काममा सक्रिय हुनुपर्ने कुरा बताए ।
भेलामा नेक्राविसंघका केन्द्रीय अध्यक्ष सबिन ख्याजूले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन, सचिव रमेश प्रजापतिले प्रस्तुत गरेको गतिविधि प्रतिवेदन र कोषाध्यक्ष आर.जी.ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरियो । त्यस्तै, संघका उपाध्यक्ष प्रकाश गुरुङ्गले प्रस्तुत गरेकाे भावी नीति तथा कार्यक्रम र राष्ट्रिय र अन्तराष्ट्रिय प्रस्तावहरु संशोधनसहित पारित गरियो ।
भेलाको बन्दसत्रले प्रकाश गुरुङ्गको संयोजकत्वमा २४ सदस्यीय नेपाल क्रान्तिकारी विद्यार्थी संघ १३ औं राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरेको थियो ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *