सेयर:

भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   
मरेकाे चण्डेश्वरी पुनर्जीवित, ४ जनाबाट १७३ पुग्याे विद्यार्थी

मरेकाे चण्डेश्वरी पुनर्जीवित, ४ जनाबाट १७३ पुग्याे विद्यार्थी

भक्तपुर, १३ चैत । दस वर्षअघि भक्तपुरकाे चण्डेश्वरी स्कुलमा विद्यार्थी शून्य भयाे । विद्यार्थी शून्य भएपछि साविकको जिल्ला शिक्षा कार्यालय भक्तपुरले साे विद्यालयलाई मर्ज गर्ने निश्कर्ष निकाल्यो ।
स्कुललाई बचाउनु पर्ने, बन्द हुन नदिनु पर्ने निकायले सरकारी नीति भन्दै साे निश्कषले भएका विद्यार्थी पनि भड्किए । अभिभावकहरूमा स्कुल बन्द हुने भाे भन्ने सन्देश पुग्याे ।
शिक्षा कार्यालयको अकर्मण्यताकाे सिकारमा परेकाे उक्त विद्यालयलाई बचाउनु पर्छ भनी २०६९ सालमा पुनः प्रयास गरियाे । त्याे बेला ४ विद्यार्थी, २ शिक्षक र १ जना सहयाेगी थिए ।
त्यसरी ४ जना विद्यार्थीको भरमा पुनः जीवन पाएकाे भक्तपुर नगरपालिका वडा नं ७ काे चण्डेश्वरी आधारभूत विद्यालयमा अहिले विद्यार्थी अटाउन नसक्ने भएकाे छ ।
अहिले साे स्कूलकाे प्ले ग्रुपमा १६ , प्रि नर्सरीमा २८ , नर्सरीमा ३० , जेकेजीमा २८ , एसकेजीमा १९, एकमा १७ , दुई , तीन र चारमा १०/ १० र कक्षा ५ मा ५ जना गरि १७३ विद्यार्थी भएका छन् ।
स्थापनाकाल(२०१६) मा स्थानीय द्याेछेंबाट सुरू भएकाे साे स्कूलले अहिले आफ्नै भवन बनाई सकेकाे छ । सानै भए पनि वातावरण चिटिक्ककाे छ। विद्यालय विद्यार्थी मैत्री छ ।
एक समय घिटिघिटीकाे अवस्थामा पुगेकाे साे स्कुलले पुन: जीवन पाउनुमा स्थानीय समुदायको लगन छ । त्यही लगनले अहिले स्कूलले अहिले नयाँ परिचय पाएकाे छ: बाेर्डिङकाे जस्ताे कक्षाकाेठा, बाेर्डिङ स्कुलकाे जस्ताे किताब, अतिरिक्त क्रियाकलाप , साजसज्जायुक्त कक्षाहरू ।
साेही विशेषता बाेक्न सफल विद्यालयले शुक्रबार स्थापना दिवस मनाएकाे छ । स्कूलले ६१ अाैं वार्षिकोत्सब मनाएकाे हाे ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले समाजमा समानताका लागि सार्वजनिक शिक्षा बलियाे बनाउनु पर्ने बताउँदै भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेकाे जनाए ।
उनले समुदायको मिहेनत र त्यागले बनेका सार्वजनिक सम्पदाहरूलाई संरक्षण गर्दै लग्नु पर्ने बताए । चण्डेश्वरी स्कूलले शिक्षा क्षेत्रमा मारेकाे फड्काे उल्लेखनीय रहेकाे चर्चा गर्दै वडाध्यक्ष कवांले शिक्षा र स्वास्थ्यलाई सरकारले नि: शुल्क गर्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा शिक्षासेवी हिमालयश्वर लाल मुलले सरकारी सहयाेगविना नैअघि बढेकाे स्कुलकाे रूपमा चण्डेश्वरी स्कुल रहेकाे जानकारी दिँदै विद्यालयले क्रमशः अभिभावकको मन जितिरहेकाे बताए । उनले भने, `सरकारकाे भरमा बस्ने हाे भने सामुदायिक स्कुल अघि बढ्न सक्दैन, यसका लागि स्वयम् समुदाय अघि बढनुपर्छ ।´
सीपयुक्त शिक्षा दिएर, देशप्रति जिम्मेवार नागरिक तयार गर्नका लागि शिक्षकले भूमिका खेल्नुपर्नेमा जाेड दिँदै शिक्षासेवी मुलले शिक्षाको स्तर उकास्न बजेट बढाउनुपर्ने आवश्यकतालाई सरकारले सम्वाेधन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुरका शिवराम बाेहजुले संगठनले शिक्षकको हकहितका लागि संघर्ष गरिरहेकाे बताउँदै चण्डेश्वरी स्कूलकाे प्रगति अनुकरणीय रहेकाे बताए । उनले काेभिड संक्रमणकालमा समेत भक्तपुरका शिक्षकले शिक्षाकाे स्तर उकास्न काम गरेकाे चर्चा गर्दै चण्डेश्वरी स्कूलकाे गुणस्तर संस्थागत विद्यालय सरह भएकाे बताए ।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक रिता लाखेमरूले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुलमा हाल १७३ विद्यार्थी अध्ययन गरिरहेकाे बताइन् ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *