सेयर:

भर्खरै :

ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |    २५ घन्टापछि ६ बजेर २५ मिनेटमा ठड्याइयाे ५५ हाते लिंगाे, जात्रालु खुसीले नाचे    |    भूपि शेरचनकाे नयाँ वर्ष    |   
नगरपालिकामै नभएका काम दुवाकोटमा, यसरी बन्दैछ दुवाकोट नमूना

नगरपालिकामै नभएका काम दुवाकोटमा, यसरी बन्दैछ दुवाकोट नमूना

भक्तपुर, १४ फागुन । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट ढल व्यवस्थापनमा नमूना बन्दैछ ।

नगरपालिकाको सहरोन्मुख वडाको रुपमा परिचय बनाउँदै गएको दुवाकोटमा अहिले निकासका लागि ढल निर्माणको काम तीब्र रुपमा अघि बढिरहेको सोही वडाका वडाध्यक्ष शिवहरि केसीले बताए ।

‘हाम्रो यो वडा नगरपालिकाकै सबैभन्दा बढी जनघनत्व भएको वडा हो,यहाँ विभिन्न ठाउँबाट बसाइ सरी आउनेहरुको संख्या बढ्दो छ, यहाँको मुख्य समस्या भनेको ढल निकास रहेको छ, त्यही समस्यालाई वडाले प्राथमिकतामा राखी समाधान गर्ने काम गरिरहेको छ ।’ वडाध्यक्ष केसीले भने ।

उनले सहरोन्मुख वडाका विभिन्न टोलहरुमा सफाइ अभियानलाई प्राथमिकता दिएर ढल निकासको बन्दोबस्तीलाई बजेटमार्फत् वडावासीको माग सम्बोधन गरिरहेको पनि जानकारी दिए ।

वडा कार्यालयका अनुसार अहिले उक्त वडाका विभिन्न टोल र बस्तीहरुमा ढल निकासको काम भइरहेका छन् । अहिले सल्लाघारी–दुवाकोट–चाँगु सडक अन्तर्गत दुवाकोट खण्डको दायाँबायाँ पुरानो १४ मिटरको मापदण्ड छोडी सडकको दुबैतिर २/२ मिटरको पेटी निर्माण भएको छ । त्यही पेटीसँगै ढल निर्माणको काम भइरहेको छ । सो सडकमा ढल निर्माणको काम अहिले केएमसी चोक पुगेको छ ।

वडाले काठमाडौं उत्पत्यका खानेपानी लिमिटेड(केयुकेएल) र मेलम्ची दोस्रो चरणको कामसँग समन्वय गरी खासाङखुसुङ खोलमा ३५ करोडको लागतमा ढल निकासको काम अघि बढाइरहेको जनाएको छ । सो कामअन्तर्गत दुवाकोटबाट जाने ढललाई उक्त योजनामा लिंकेज गरिसकेको छ ।

वडाकै पहलमा सडक निर्माण र ढल निकासको काम सँगसँगै अघि बढिरहेको वडाध्यक्ष केसीको भनाइ छ । वडाले ६०÷४० को विकास मोडेल अपनाई ठाउँठाउँमा ढल निकासकै कामलाई अघि बढाइरहेको छ ।वडाले प्रज्ञा टोल–दुवाकोट चोकसम्को सडकमा झण्डै १ करोडको लागतमा ढल निर्माण, बारुद खाना चोकबाट फसिन्टार जाने सडकमा ढल निर्माण गरेको जनाएको छ ।

वडाध्यक्ष केसीले अहिले टोल केन्द्रीत भएर झन्डै १३ वटा योजना सञ्चालन गरिरहेको बताए । यतिमात्र नभएर वडाले अहिले वडालाई सरसफाइको नमूना वडा बनाउने हेतुले टोलटोलमा प्रदूषित पानी व्यवस्थापन निर्माण उपभोक्ता समिति गठन गरी विकासको कामलाई अघि बढाइरहेको छ । वडाले यसअघि नै अरु कुनै वडाले काम नगरेको अवस्थामा २ नं. वडालाई पूर्ण सरसफाइउन्मुख वडा बनाउन आवश्यक रणनीतिक योजना सार्वजनिक गरिसकेको छ ।

‘हामीले विकासलाई उच्च प्राथमिकता राखेर काम गरिरहेका छौं, निकास विनाको विकास के विकास, त्यसले कालान्तरमा समस्या मात्र ल्याउने हुनाले दीर्घकालीन विकासमा जोड दिएका छौं’, वडाध्यक्ष केसीले भने, ‘हामी यो वडालाई दुर्गन्धमुक्त वडा बनाउने दिशामा अघि बढेका छौं ।’
वडाको सो कामबाट जनता पनि सन्तुष्ट छन् । वडावासी नगरपालिकामै नभएको काम दुवाकोटमा हुन थालेको बताउँछन् ।

सोही वडाको शुभश्री टोलका स्थानीय दिपेश भण्डारीले वडामा भइरहेको विकासलाई नजिकबाट नियालीरहेको बताउँछन् । दोलखाबाट २०६५ सालमा बसाइ सरी दुवाकोट आएका उनले अहिले विकासको दृष्टिले वडा निक्कै अघि बढेको र आफूमात्र नभएर धेरै वडावासी सन्तुष्ट रहेको बताए । ‘पहिला साँघुरो बाटो थियो, अहिले फराकिलो भएको छ,त्यतिमात्र हैन,अहिले सडकसँगै पेटी र ढल निकास भएको छ, हामीलाई ढल निकासको समस्या थियो,त्यो समाधान भएको छ,’ उनले भने, ‘ दुवाकोटमा अहिले ढलको पानी उँधो लाग्यो, विकास उँभो लाग्यो ।’

नगरपालिकाको साँच्चिकै अनुभूति दुवाकोटवासीले गरिरहेको वडावासीहरुको प्रतिक्रिया छ ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *