सेयर:

भर्खरै :

नगरपालिकामै नभएका काम दुवाकोटमा, यसरी बन्दैछ दुवाकोट नमूना    |    क्रिकेटका कप्तान मल्लद्वारा भक्तपुरमा तालिम, राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा कप्तान मल्ल नियुक्त    |    चार शिक्षकहरु सम्मानित, सम्मानित शिक्षकहरुद्वारा ४ लाखको सहयोग कोष स्थापना    |    संसद पुनः स्थापनाबारे नेमकिपाको धारणा : ‘सर्वोच्चको निर्णयले एउटा अवसर गुम्यो’    |    नगरपालिकाले दिने ३ लाखका लागि छानिए युवा, तपाईं पर्नुभयो ?    |    भक्तपुरमा मातृभाषामा पत्रकारिताको आवश्यकताबारे छलफल, प्रोत्साहनका लागि पुरस्कारको घोषणा    |    चाँगुनारायण नगरपालिकाकै पहिलो शववाहन दुवाकोटमा, मेयरद्वारा रु. १ लाख दिने वचन    |    लागूऔषध किनबेचको केन्द्र बन्दै सल्लाघारी एरिया, ९ सय थान लागू औषधसहित एक पक्राउ    |    ठेकेदारकाे लापरवाहीविरूद्द स्थानीय सडकमा    |    शिक्षक संगठनको अध्यक्षमा सोम श्रेष्ठ, तीन शिक्षकलाई सम्मान    |   
भक्तपुरमा मातृभाषामा पत्रकारिताको आवश्यकताबारे छलफल, प्रोत्साहनका लागि पुरस्कारको घोषणा

भक्तपुरमा मातृभाषामा पत्रकारिताको आवश्यकताबारे छलफल, प्रोत्साहनका लागि पुरस्कारको घोषणा

भक्तपुर, ११ फागुन । पत्रकारहरुले मातृभाषामा पत्रकारिताको आवश्यकता महशुस गरेका छन् । बाहुल्यताको हिसाबले नेवारहरुको सघन उपस्थिति रहेको भक्तपुरमा मातृभाषामा पत्रकारिता हुन नसक्दा धेरै विषयहरु ओझेलमा पर्दै गएको निश्कर्ष निकाल्दै मातृभाषामा पत्रकारिताको आवश्यकता महशुस गरेका हुन् ।

भक्तपुरमा मंगलबार नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाको सातौं साधारणसभामा सहभागी पत्रकारहरुले भक्तपुरको पहिचान कायम राख्नका लागि पनि नेपालभाषामा पत्रकारिताको आवश्यकता रहेकोमा जोड दिए ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य र महासचिव सुनिल महर्जनले मातृभाषाको पत्रकारिताका लागि भक्तपुर सम्भावनाले भरिएको क्षेत्र भएर पनि पत्रकारितामा व्यावसायिकता नभित्रिँदा मातृभाषामा पत्रकारिता हुन नसकेको बताए ।

उनीहरुले नेपालको पत्रकारिता विकासमा नेवारहरुको भूमिका उल्लेखनीय भए पनि त्यो इतिहासलाई लिपिवद्द गर्न सरकारले आनाकानी गरिरहेको गुनासो गर्दै मातृभाषा रक्षा गरी सम्वद्र्धनका लागि पनि नेपालभाषामा पत्रकारिताको महशुस भइरहेकोमा जोड दिए ।

नेपालभाषामा पत्रकारिता गर्नका लागि थुप्रै चुनौति रहेको बताउँदै उनीहरुले चुनौतिलाई अवसरका रुपमा उपयोग गर्नुपर्ने र नेपालभाषाको पत्रकारिताको विकासका लागि स्थानीय तहहरुसँग सहकार्य, समन्वयको जरुरी रहेको उनीहरुको भनाइ छ ।

कार्यक्रममा दबुका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले आर्थिक रुपमा सक्षम बनेर मातृभाषा पत्रकारितालाई सबल बनाउन सकिने बताए ।
कार्यक्रममा कार्यक्रममा राष्ट्रिय समाचार समितिका रत्न श्रेष्ठका अभिभावकको स्मृतिमा ’हरिलाल, श्रीलक्ष्मी लुमन्ति पत्रकारिता सिरपा’ समेत घोषणा गरिएको छ । पुरस्कारका लागि कोष स्थापना गर्दै पत्रकार श्रेष्ठले मातृभाषाको प्रवद्र्धनका लागि प्रोत्साहन जरुरी पूरा गर्न पुरस्कार कोष खडा गरेको बताए ।

आयोजक दबुका अध्यक्ष रामगोपाल तमखुको सभापतित्वमा सम्पन्न सो सभामा सचिव देवेन्द्र प्रजापति र कोषाध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *