भक्तपुर । ताथली नाला सडककाे स्तराेन्नतिमा ठेकेदारले ढिलासुस्ती गरेकाे भन्दै स्थानीयले आन्दोलन गरेका छन् ।
सडक खण्डअन्तर्गत ठाउँठाउँमा पीच उप्काएर अलपत्र छाेड्दा धूलाम्य भएपछि हिँडडुल गर्न समस्या भएकाे भन्दै आइतबार सडक अवरुद्घ गरि आन्दोलन गरेकाे पीडितले बताए ।
उनीहरूले तत्काल सडक कालाेपत्र गर्नुपर्ने र कालाेपत्र नभएसम्मका लागि पानी छर्किनु पर्ने माग राखे । सडकमा धूलाे उडेर हैरान भएपछि पटकपटक ठेकेदारलाई पानी छर्किनका लागि भन्दा पनि ठेकेदारले वेवास्ता गरेकाे उनीहरूकाे भनाइ छ ।
लगभग पाैने घन्टा अवरुद्ध सडक प्रहरीको अनुराेधमा खुलाईएकाे थियाे
