भक्तपुर, ८ फागुन । नेपाल राष्ट्रिय शिक्षक संगठन चाँगुनारायण नगरको दोस्रो अधिवेशन शनिबार भएको छ ।
अधिवेशनले महेन्द्रग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमकुमार श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
अधिवेशनले महिला उपाध्यक्षमा नानुमैंया गिरी, उपाध्यक्षमै बाबुकृष्ण पौडेल चुनेको छ । त्यस्तै समितिको सचिवमा रामचन्द्र भट्टराई र कोषाध्यक्षमा सुरेश न्यौपाने चुनिएका छन् ।
चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनकै अवसरमा यस वर्ष अनिवार्य अवकाशपाएका तीन शिक्षकलाई सम्मान गरेको छ । सो अवसरमा पूर्व शिक्षकहरु इन्द्रप्रसाद कायष्थ, लिलाबहादुर रोका र अम्बिका प्रसाद दाहाल सम्मानित भएका छन् ।
सोही अवसरमा श्रीकृष्ण माविका प्रअ कृष्णहरि बल्ललाई मरणोपरान्त सम्मान गरिएको थियो ।