भक्तपुर, ४ फागुन । भक्तपुरको सूर्यविनायकको पाण्डुबजार हाइटस्थित वी किड्स स्कुलले सरस्वती पूजाको अवसरमा मंगलबार अक्षरारम्भ कार्यक्रम गरेको छ । ससाना नानीहरुलाई अक्षर चिनाउने दिनमा विद्यार्थीको अक्षरारम्भ कार्यक्रम गरेको हो ।
सूर्यविनायक नगरपालिका वडा नं ६ मा रहेको स्कुलले त्यस अवसरमा निःशुल्क हेल्थ क्याम्प पनि गरेको थियो । जस अन्तरगत जनरल चेकअप र डेण्टल चेक अप गरिएको थियो । स्कुलकी प्रिन्सिपल मञ्जु दुवालले इसिडी पद्दतिबाट प्रभावकारी शिक्षण गर्दै वालवालिकाको सर्वाङ्गीण विकासका लागि स्कुल प्रयासरत रहेको जनाइन् ।
यसका लागि स्कुलले थिमेटिक एप्रोच(प्रोग्रसिव लर्निङ) को आधारमा ससाना नानीहरुलाई शिक्षण क्रियाकलाप गरिरहेको जानकारी दिँदै एक्प्लोर, लर्न र ग्रोको मान्यता र सिद्धान्तका साथ ससाना नानीहरुलाई उत्कृष्ट शिक्षण सिकाईका लागि चाहिने सम्पूर्ण सुविधा तथा वातावरणका साथ स्कुलमा शिक्षण क्रियाकलाप भइरहेको बताइन् ।
सरस्वती पूजाकै अवसरमा मंगलबारदेखि नै स्कुलमा प्लेगु्रपदेखि कक्षा एक सम्म भर्ना खुला गरिएको पनि स्कुलले जनाएको छ ।