सेयर:

भर्खरै :

नगरपालिकामै नभएका काम दुवाकोटमा, यसरी बन्दैछ दुवाकोट नमूना    |    क्रिकेटका कप्तान मल्लद्वारा भक्तपुरमा तालिम, राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा कप्तान मल्ल नियुक्त    |    चार शिक्षकहरु सम्मानित, सम्मानित शिक्षकहरुद्वारा ४ लाखको सहयोग कोष स्थापना    |    संसद पुनः स्थापनाबारे नेमकिपाको धारणा : ‘सर्वोच्चको निर्णयले एउटा अवसर गुम्यो’    |    नगरपालिकाले दिने ३ लाखका लागि छानिए युवा, तपाईं पर्नुभयो ?    |    भक्तपुरमा मातृभाषामा पत्रकारिताको आवश्यकताबारे छलफल, प्रोत्साहनका लागि पुरस्कारको घोषणा    |    चाँगुनारायण नगरपालिकाकै पहिलो शववाहन दुवाकोटमा, मेयरद्वारा रु. १ लाख दिने वचन    |    लागूऔषध किनबेचको केन्द्र बन्दै सल्लाघारी एरिया, ९ सय थान लागू औषधसहित एक पक्राउ    |    ठेकेदारकाे लापरवाहीविरूद्द स्थानीय सडकमा    |    शिक्षक संगठनको अध्यक्षमा सोम श्रेष्ठ, तीन शिक्षकलाई सम्मान    |   
भक्तपुरमा काँग्रेसको गर्जन :अबको भविष्य काँग्रेसको, भक्तपुरका दुबै क्षेत्रमा काँग्रेसको जीत पक्का

भक्तपुरमा काँग्रेसको गर्जन :अबको भविष्य काँग्रेसको, भक्तपुरका दुबै क्षेत्रमा काँग्रेसको जीत पक्का

भक्तपुर, ३ फागुन । नेपाली कांग्रेसले आज देश भर जिल्ला जिल्लामा तेस्रो चरणको अन्तिम विरोध प्रदर्शनको क्रममा भक्तपुरमा पनि प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेर असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भक्तपुरमा विरोध सभा गरेको हो ।

भक्तपुरको तौमढीमा भएको विरोध सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले आगामी चुनावमा भक्तपुरका दुबै क्षेत्रमा काँगे्रसले जीत हासिल गर्ने दाबी गर्दै जनता कम्युनिष्टबाट दिक्क भएको बताए । ‘कम्युनिष्टकै किल्ला हो कि भनेर पर्वतमा कुरा सुनाइन्छ, पर्वतका,झापाका मेची महाकालीका मान्छे आएर यहाँ टेक्दैछन् । अबको भविष्य काँग्रेसको हो, यहाँ काँग्रेसले दुबै क्षेत्रमा झण्डा फहराउँछ ।’ उनले भने ।

सो क्रममा उनले काँगे्रेसको काँधमा ठूलो जिम्मेवारी आएकोले सो जिम्मेवारीलाई नेपाली काँग्रेसका कार्यकर्ता, नेता, शुभचिन्तकहरुले पूरा गर्नपर्ने बताए । उनले प्रधानमन्त्री केपी ओलीको सरकारलाई तानाशाहको सरकार भएको टिप्पणी गरे ।

आफ्नो सम्बोधनको क्रममा अधिकांश समय कम्युनिष्टको खेदो खनेका उनले कम्युनिस्टहरु केवल सत्ता कब्जा गर्ने र निरंकुश शासन चलाउन खोज्ने खेलमा लागेका कारण मुलुक अहिले भड्खालोमा परेको जनाए ।

नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं र नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालगायतले प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम नसच्चिएसम्म आदोलन जारी रहने बताए ।

यसअघि काँग्रेसले भक्तपुरको दूधपाटीबाट जुलुस निकालेका थिए । जुलुस तौमढीमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *