सेयर:

भर्खरै :

नगरपालिकामै नभएका काम दुवाकोटमा, यसरी बन्दैछ दुवाकोट नमूना    |    क्रिकेटका कप्तान मल्लद्वारा भक्तपुरमा तालिम, राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा कप्तान मल्ल नियुक्त    |    चार शिक्षकहरु सम्मानित, सम्मानित शिक्षकहरुद्वारा ४ लाखको सहयोग कोष स्थापना    |    संसद पुनः स्थापनाबारे नेमकिपाको धारणा : ‘सर्वोच्चको निर्णयले एउटा अवसर गुम्यो’    |    नगरपालिकाले दिने ३ लाखका लागि छानिए युवा, तपाईं पर्नुभयो ?    |    भक्तपुरमा मातृभाषामा पत्रकारिताको आवश्यकताबारे छलफल, प्रोत्साहनका लागि पुरस्कारको घोषणा    |    चाँगुनारायण नगरपालिकाकै पहिलो शववाहन दुवाकोटमा, मेयरद्वारा रु. १ लाख दिने वचन    |    लागूऔषध किनबेचको केन्द्र बन्दै सल्लाघारी एरिया, ९ सय थान लागू औषधसहित एक पक्राउ    |    ठेकेदारकाे लापरवाहीविरूद्द स्थानीय सडकमा    |    शिक्षक संगठनको अध्यक्षमा सोम श्रेष्ठ, तीन शिक्षकलाई सम्मान    |   
नेमकिपा किन गरिरहेछ पुस्तक प्रर्दशनी ?, खास कारण यस्तो छ

नेमकिपा किन गरिरहेछ पुस्तक प्रर्दशनी ?, खास कारण यस्तो छ

विश्व र नेपालकै इतिहास पढ्दा पुस्तकले समाजमा परिवर्तनको निम्ति अहम् भूमिका खेलेका धेरै उदाहरण छन् । क्रान्तिकारी परिस्थिति बनाउन र क्रान्तिलाई अझ गति दिन एउटै पुस्तकले पनि धेरै ठूलो भूमिका खेल्ने गरेको हुन्छ । परिवर्तनको बीजारोपण भइरहेको समाजका शासकहरू पुस्तकबाट निकै डराउने उदाहरण नेपालकै मकै पर्व र लाइब्रेरी पर्वबाट बोध हुन्छ । सुब्बा कृष्णलाल अधिकारीले मकैमा लाग्ने कीराबारे लेखेको पुस्तक पनि ओरालो लाग्दै गरेको निरङ्कुश राणा शासनको निम्ति पाच्य भएन । त्यो मसिनो पुस्तक पनि राणाहरूको मनमा ढ्याङ्ग्रो ठोक्न मनग्य भयो । केही शिक्षित युवाहरूले पुस्तकालय खोल्ने प्रस्तावले पनि राणाहरू आत्तिए । तर, राणा शासनको उत्तराद्र्धमा भएका यी दुई घटनाले समाज परिवर्तनमा पुस्तकको भूमिकालाई उजागर गरेको छ ।

पुँजीवादी व्यवस्थाले थोपेको शोषणले भित्रभित्र आन्दोलित युरोपेली समाजलाई कार्ल माक्र्स र एँगेल्सले लेख्नुभएको ‘कम्युनिस्ट घोषणापत्र’ ले विस्फोटको अवस्थामा पु¥यायो । त्यो कृतिको प्रकाशन र प्रचारसँगै युरोपभरि सर्वहारा मजदुरहरूको क्रान्तिकारी सङ्घर्षको लहर उठ्यो । सन् १९१७ मा रूसमा भएको अक्टोबर क्रान्ति एकै दिन वा रातको जादु थिएन । उन्नाइसौँ शताब्दीको उत्तराद्र्धका दशकमा रूसी मजदुरहरूका भूमिगत अध्ययन गोष्ठीहरूले त्यो क्रान्तिको मनोगत परिस्थिति तयार गरेका थिए । मजदुरहरूका गुप्त पाठशालाहरूमा माक्र्स, एँगेल्स, लेनिनका कृतिहरूका अध्ययनले नै अक्टोबर क्रान्तिको जग बसालेको थियो । दोस्रो विश्वयुद्धअघि जर्मनीमा नाजी शासकहरूले लेखक र साहित्यकारहरूलाई यहुदी र कम्युनिस्टहरूलाई जस्तै संहार गरेका थिए । बर्टोल्ट ब्रेख्तजस्ता लेखकहरू नाजीको कोपभाजनबाट जोगिन देश छोड्न बाध्य भएका थिए ।

प्रसङ्ग हो, यतिबेला देशका विभिन्न जिल्लामा नेपाल मजदुर किसान पार्टीको आयोजनामा भइरहेका पुस्तक प्रदर्शनीहरूको । पार्टीको ४७ औँ स्थापना दिवसको अवसर पारेर यतिबेला देशभर पार्टीका प्रकाशनहरूको प्रचारात्मक कार्यक्रम भइरहेका छन् । झट्ट हेर्दा कतिपय मानिसलाई यो सरल कार्यक्रमजस्तो लाग्नसक्ला । तर, नेपाली समाजको परिवर्तनको निम्ति यो र यस्ता रचनात्मक गतिविधि इतिहासमा पक्कै पनि उल्लेख हुनेछ । यस्ता कार्यक्रमले समाजमा समयान्तरमा हुने परिवर्तनको निम्ति उत्तोलकको भूमिका खेल्नेछ । पुस्तक भनेको कागत र मसीको योगले बनेको कुनै वस्तुमात्र होइन । पुस्तक विचारको संवाहक हो । पुस्तकमा सञ्चित विचारले नै मानिसको दिमागमा क्रान्तिको बिजारोपण गर्दछ र मानिसको दिमागमा भएको त्यही क्रान्ति नै समाजमा परिवर्तनको लागि राँको भएर उठ्ने गर्दछ ।

नेमकिपाले आधा शताब्दीको इतिहासमा प्रकाशित विभिन्न क्रान्तिकारी पुस्तकहरूको प्रदर्शनीले सर्वसाधारण जनतालाई क्रान्तिको विज्ञानबारे जानकारी दिनेछ । पुस्तकमा व्यक्त परिवर्तनकामी विचारले नेपाली समाजमा समाजवादी क्रान्तिको जग बसाउने छ । यतिबेला आयोजित पुस्तक प्रदर्शनीहरूले जनतालाई को कम्युनिस्ट र को नक्कली कम्युनिस्ट भनी खुट्याउन सजिलो भएको छ । एकथरी कम्युनिस्ट भनाउँदाहरू आपसीमा गालीगलौजको घिनलाग्दो खेल खेलिरहेका छन् । हिजोसम्म आफ्ना लागि पूजनीय कमरेडहरू आज निन्दनीय बनाइएका छन् । उनीहरूका भाषण सुनेर जनताको शिर लाजले निहुरिएको छ । अनि, त्यही बेला नेमकिपाका कार्यकर्ताहरू पुस्तकका भारी बोकेर जनताको घर र चोक पुगेर क्रान्तिकारी विचारको प्रचार गरिरहेका छन् । इतिहासले समग्रतामा पक्कै पनि यस्ता रचनात्मक गतिविधिको उच्च मूल्याङ्कन गर्ने नै छ ।

मजदुर दैनिकबाट साभार गरिएको सामग्री

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *