भक्तपुर, २९ माघ । भक्तपुरका एक प्रिन्सिपल राष्ट्रिय युवा परिषद् सदस्यमा नियुक्त भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट भक्तपुरको ताथलीस्थित एसएस सदन सेकेण्डरी स्कुलका प्रिन्सिपल मुकेश योञ्जन सदस्यमा नियुक्त भएको मन्त्रालयले जनाएको छ ।
रामेछापको हिलेदेवी स्थायी घर भई हाल चाँगुनारायण नगरपालिका वडा नं.९ ताथली बस्दै शिक्षण कर्म गरिरहेका उनलाई जनजातिको तर्फबाट सदस्यमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
को को कहाँबाट नियुक्त भए ? यस्तो छ लिष्ट