सेयर:

भर्खरै :

नगरपालिकामै नभएका काम दुवाकोटमा, यसरी बन्दैछ दुवाकोट नमूना    |    क्रिकेटका कप्तान मल्लद्वारा भक्तपुरमा तालिम, राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा कप्तान मल्ल नियुक्त    |    चार शिक्षकहरु सम्मानित, सम्मानित शिक्षकहरुद्वारा ४ लाखको सहयोग कोष स्थापना    |    संसद पुनः स्थापनाबारे नेमकिपाको धारणा : ‘सर्वोच्चको निर्णयले एउटा अवसर गुम्यो’    |    नगरपालिकाले दिने ३ लाखका लागि छानिए युवा, तपाईं पर्नुभयो ?    |    भक्तपुरमा मातृभाषामा पत्रकारिताको आवश्यकताबारे छलफल, प्रोत्साहनका लागि पुरस्कारको घोषणा    |    चाँगुनारायण नगरपालिकाकै पहिलो शववाहन दुवाकोटमा, मेयरद्वारा रु. १ लाख दिने वचन    |    लागूऔषध किनबेचको केन्द्र बन्दै सल्लाघारी एरिया, ९ सय थान लागू औषधसहित एक पक्राउ    |    ठेकेदारकाे लापरवाहीविरूद्द स्थानीय सडकमा    |    शिक्षक संगठनको अध्यक्षमा सोम श्रेष्ठ, तीन शिक्षकलाई सम्मान    |   
समूह र सहकारीबीच घम्साघम्सी, कसले मार्ला बाजी?

समूह र सहकारीबीच घम्साघम्सी, कसले मार्ला बाजी?

भक्तपुर, २३ माघ । भक्तपुरमा जारी ब्याडमिन्टन प्रतियोगितामा संगम युवा खेलकुद समूह र संगम सहकारीबीच स्पर्धा हुने भएको छ ।

नगरव्यापी जोडी पुरुष ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा आयोजक समूहले एबिसी र संगम साकोसले संगम साकोस्कै खेलाडीलाई पराजित गरेको थियो ।

शनिबार ती दुई टीमबीच स्पर्धा हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार फाइनल खेलमा संगम खेलकुद समूहका राजेश खाइतु र श्यामकृष्णको जोडी तथा संगम साकोस्का श्यामसुन्दर ख्याजु र बद्रीप्रसाद ख्याजुको जोडीबीच स्पर्धा हुनेछ ।

सेमिफाइनलअन्तर्गत शुक्रबार भएको खेलमा संगम खेलकुद समूहका राजेश खाइतु र श्याककृष्ण सुवालको जोडीलाई एबिसीका राजेन्द्रसुवाल र अनिल याकामीको जोडीलाई २१–११ र २१– १५ को सोझो सेटमा पराजित गरेको थियो ।

त्यस्तै अर्को खेलमा संगम साकोस्का श्यामसुन्दर ख्याजु र बद्रीप्रसाद ख्याजुको जोडीले संगम साकोस्कै राजेश घ्यमसु र रुकेश कवांको जोडीलाई २१–२३, २३–२१ र २१–१२ को अंकले पराजित गरेको थियो ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *