सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
महिनौँसम्म सुख्खा तलब नपाएका शिक्षकको प्रश्न : ‘यसको दोषी को ?’

महिनौँसम्म सुख्खा तलब नपाएका शिक्षकको प्रश्न : ‘यसको दोषी को ?’

-लक्ष्मीसुन्दर सुवाल

गुरुब्रह्मा गुरुर्विष्णुः गुरुदेवो महेश्वरः ।
गुरुःसाक्षात् परं ब्रह्मा तस्मै श्री गुवेनमः ।।

गुरु जसले अशिक्षारूपी अन्धकारबाट शिक्षाको ज्योतितर्फ दोहो¥याई कसैको जीवनमा ज्ञान छर्ने त्यो व्यक्ति हो । जसको सम्मानमा धेरै श्लोक, लेख, कथा, कविता इत्यादिले धेरै पुस्तकका पानाहरू भरिएका छन् । गुरुकै सम्मानमा एकलब्यले आफ्नो बुढीऔँला काटेर गुरु दक्षिणा अर्पण गरे । चाणक्यजस्ता गुरुले एउटा सामान्य बालकलाई ज्ञान विवेकको मलजलले सिँचित गरेर चन्द्रगुप्त मौर्यको रूपमा एउटा महान सम्राटरूपी फल फलाए । यी र यस्ता सम्मानित इतिहास बोकी वर्तमानमा सङ्घर्ष गरेर भविष्यका सर्जकहरू तयार गर्ने महान् पेशा अङ्गाली रहेका शिक्षक तथा शिक्षण पेशालाई आज राज्यले विभेदपूर्ण व्यवहार गरेको कुरा उल्लेख गर्नुपर्दा निकै दुःखको महसुस हुन्छ ।

विगतदेखि वर्तमानसम्म राज्यले जबजब परिवर्तन खोज्छ तब शिक्षकहरूले अहम् भूमिका खेलेको कुरा कोट्याइराख्न आवश्यक नपर्ला । कोभिड – १९ को यो महामारीको परिस्थितिमा पनि सुरक्षाका साधनविना एउटा मास्क र दुई थोपा स्यानिटाइजर लगाई आफ्नो ज्यानको परवाह नगरी लाखौँ विद्यार्थीलाई शिक्षाको ज्योति छर्न अनवरतरूपमा कर्मभूमिमा खटिरहेका छन् । विद्यालय, जहाँ सयौँ हजारौँ विद्यार्थी एकैपटक भेला हुन्छन्, ती विद्यार्थी विभिन्न समाज समुदाय र क्षेत्रबाट आएका हुन्छन् भने सामान्यीकरण गरिराख्न नपर्ला कि ¤ पक्कै पनि विद्यालय क्षेत्र कोभिड १९ को उच्च जोखिममा छ । यदि विद्यालयमा कोही एक विद्यार्थी वा शिक्षकलाई मात्र कोभिड स¥यो भने त्यसले कतिसम्म सङ्क्रमण पैmलाउँछ र त्यसको भयावहरूपी परिणाम कस्तोसम्म हुनसक्छ भन्ने कुरा सायद अनुमान नै गर्न सकिन्न होला । तर, यस्तो परिस्थितिमा शिक्षकहरू कोभिडविरुद्धको खोपमा प्राथमिकतामा नपर्नु विडम्बनाको कुरा हो । शिक्षक त्यो व्यक्ति हो जसले भोलिका दिनमा देशलाई मानवीय शक्तिको उत्पादन गर्छ । आज शिक्षक बाँचे भोलि देशको भविष्य बाँचिरहनेछ ।

अनवरत सेवामा लागेर पनि शिक्षकहरू महिनौँसम्म सुख्खा तलब पाउँदैनन् । समयमा तलब नपाए पनि भोको पेटमा सेवा गरिरहेका छन् । कतिपय निजी विद्यालयका शिक्षकले वा सरकारी विद्यालयका निजी स्रोतका शिक्षकहरूले श्रम ऐनको मापदण्डअनुसार न्यूनतम पारिश्रमिकसमेत पाएका छैनन् । ईसीडी कोटाका शिक्षकले चुलोसमेत बल्न मुस्किल हुने पारिश्रमिक पाउँछन् । २०७३ पुस ३ गते शिक्षा मन्त्रालयबाट शिक्षकलाई मासिकरूपमा तलब भुक्तानी गर्नु भनेर परिपत्र हुँदासमेत हालसम्म सो निर्देशन कार्यान्वयन हुन नसकेकोमा दोषी को ? समान तहको भएर पनि निजामती कर्मचारीको तुलनामा सुविधा, पदोन्नति र ग्रेडमा समेत विभेद छ । अझ शिक्षकहरू राज्यको मर्यादाक्रममा पर्दैनन् ।

विश्वका विकसित मुलुकहरूको तथ्याङ्कलाई हेर्ने हो भने तुलनात्मकरूपमा शिक्षकहरूको सेवासुविधा तथा पारिश्रमिक कुनै अन्य कर्मचारीको भन्दा बढी छ । शिक्षा क्षेत्रमा सरकारको सकारात्मक सोचले नै ती मुलुकहरू अगाडि बढेको हो भन्ने कुरामा कसैको विमति नहोला । तर हाम्रोजस्तो राष्ट्र जहाँ शिक्षक र शिक्षण पेशालाई सम्मान दिन कन्जुस्याईँ गर्छ भने एउटा सबल राष्ट्र बन्नको लागि अझै पनि धेरै टाढासम्मको यात्रा गर्नुपर्ने देखिन्छ । देशका मेधावी विद्यार्थीहरूलाई यस पेशाप्रति आकर्षित गरेर अब्बल शिक्षक तयार गर्ने र शिक्षण क्षेत्रलाई अगाडि बढाउनु वर्तमान समयको आवश्यकता हो । तर, यसको लागि शिक्षक तथा शिक्षण पेशामाथि राज्यको हेयको दृष्टिकोण बदल्नुपर्छ । शिक्षकमाथिको विभेद अन्त्य हुनैपर्छ ।

सुवाल भक्तपुरस्थित एक विद्यालयका शिक्षक हुन् ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *