सेयर:

भर्खरै :

नगरपालिकामै नभएका काम दुवाकोटमा, यसरी बन्दैछ दुवाकोट नमूना    |    क्रिकेटका कप्तान मल्लद्वारा भक्तपुरमा तालिम, राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा कप्तान मल्ल नियुक्त    |    चार शिक्षकहरु सम्मानित, सम्मानित शिक्षकहरुद्वारा ४ लाखको सहयोग कोष स्थापना    |    संसद पुनः स्थापनाबारे नेमकिपाको धारणा : ‘सर्वोच्चको निर्णयले एउटा अवसर गुम्यो’    |    नगरपालिकाले दिने ३ लाखका लागि छानिए युवा, तपाईं पर्नुभयो ?    |    भक्तपुरमा मातृभाषामा पत्रकारिताको आवश्यकताबारे छलफल, प्रोत्साहनका लागि पुरस्कारको घोषणा    |    चाँगुनारायण नगरपालिकाकै पहिलो शववाहन दुवाकोटमा, मेयरद्वारा रु. १ लाख दिने वचन    |    लागूऔषध किनबेचको केन्द्र बन्दै सल्लाघारी एरिया, ९ सय थान लागू औषधसहित एक पक्राउ    |    ठेकेदारकाे लापरवाहीविरूद्द स्थानीय सडकमा    |    शिक्षक संगठनको अध्यक्षमा सोम श्रेष्ठ, तीन शिक्षकलाई सम्मान    |   
हामी चुनावमा जानका लागि तयार : नेमकिपा सचिव सुवाल

हामी चुनावमा जानका लागि तयार : नेमकिपा सचिव सुवाल

भक्तपुर, २० माघ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सबै दल तथा कार्यकर्ता चुनावमा जानका लागि तयार हुनुपर्ने बताएका छन् ।

भक्तपुर ट्रक व्यवसायी संघको रुपान्तरित भक्तपुर ट्रक व्यवसायी प्रा.लि.को २० औं र २१ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै पार्टीका सचिव सुवाल ताजा जनादेशका लागि चुनाव जरुरी रहेको बताएका हुन् ।

‘चुनाव घोषणा भएको छ । हामीले के भन्यौं, ताजा जनादेश ठीक छ । तीन वर्ष भो, सरकारमा गएको, सरकारमा गएका पार्टीहरुले जनताको निम्ति, देशको निम्ती ठीक गरेको हो कि होइन, अब जनता जनार्दनले निर्णय गर्ने हो । फेरि हामी चुनावमा जानका लागि तयार हुनुपर्छ ।’ कार्यक्रममा उनले भने ।

सो क्रममा उनले सरकारमा जाने पार्टीहरुबीच तीन वर्ष भागबण्डाका लागि लडाइँ भएकाले देशमा राम्रो काम हुन नसकेको जनाउँदै त्यसको विकल्पमा चुनाव उपयुक्त रहेको बताए ।

व्यवसायीहरुको सन्दर्भमा उनले भने, ‘कानून र व्यवहार सँगसँगै जानुपर्ने हुन्छ । मिलेमतो भएपछि समस्या हुन्छ । प्रशासनमा पनि मिलेमतोमा यो काम भयो भनेर आरोप आउँछ । व्यवसायीलाई पनि आउँछ । त्यसकारण मिलेमतोमा नपरी कानून र व्यवहार मिलाएर हामी अघि बढ्ने स्थिति आओस् ।’

कार्यक्रममा भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराई, इँटा व्यवसायी संघ भक्तपुरका अध्यक्ष नातिभाइ ह्योम्बा, व्यवसायी एव चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यात, व्यवसायी महेन्द्र खायमली, व्यवसायी एवं राष्ट्रिय यातायात महासंघ वर्गीय संयोजक नवीन प्रजापति, भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिव मानन्धर, व्यवसायी विश्वराम कवां र आयोजक प्रालिका सचिव कृष्णप्रसाद कोजूले व्यवसायीका पीरमर्का सम्बोधनको माग गरेका थिए ।

कार्यक्रम आयोजक प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद गोराको सभापतित्वमा भएको थियो ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *