जनप्रतिनिधिको यो के बानी?
अति भो आपसी खिचातानी
नलचलोस् कसैको मनोमानि
नबढौं आपसमा खुट्टा तानी
जनादेश त मिलेर बढ्ने हो नि
बढौं अघि सबले यति जानी
चाहिने नगरको विकास हो नि
सहमतिसाथ अघि बढे भो नि
यत्रो महामारीको बेला नि
बखेडा र जगहसाई किन नि ?
प्रस्तुत कविताका लेखक वुद्धिकुमार घो हुन्, उनी आर्दश लायकु माविका प्रअ हुन् । उनीजस्तै मध्यपुर थिमीमा पछिल्लो समयमा बढको किचलोका कारण धेरै जनता निराश र दिक्क छन् ।