सेयर:

भर्खरै :

नगरपालिकामै नभएका काम दुवाकोटमा, यसरी बन्दैछ दुवाकोट नमूना    |    क्रिकेटका कप्तान मल्लद्वारा भक्तपुरमा तालिम, राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा कप्तान मल्ल नियुक्त    |    चार शिक्षकहरु सम्मानित, सम्मानित शिक्षकहरुद्वारा ४ लाखको सहयोग कोष स्थापना    |    संसद पुनः स्थापनाबारे नेमकिपाको धारणा : ‘सर्वोच्चको निर्णयले एउटा अवसर गुम्यो’    |    नगरपालिकाले दिने ३ लाखका लागि छानिए युवा, तपाईं पर्नुभयो ?    |    भक्तपुरमा मातृभाषामा पत्रकारिताको आवश्यकताबारे छलफल, प्रोत्साहनका लागि पुरस्कारको घोषणा    |    चाँगुनारायण नगरपालिकाकै पहिलो शववाहन दुवाकोटमा, मेयरद्वारा रु. १ लाख दिने वचन    |    लागूऔषध किनबेचको केन्द्र बन्दै सल्लाघारी एरिया, ९ सय थान लागू औषधसहित एक पक्राउ    |    ठेकेदारकाे लापरवाहीविरूद्द स्थानीय सडकमा    |    शिक्षक संगठनको अध्यक्षमा सोम श्रेष्ठ, तीन शिक्षकलाई सम्मान    |   
चालिसौं तःमुज्या सुरु, बिजुक्छेंले भने, ‘भारत भन्ने देश नहुँदै कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै हो’

चालिसौं तःमुज्या सुरु, बिजुक्छेंले भने, ‘भारत भन्ने देश नहुँदै कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै हो’

भक्तपुर, १३ कार्तिक । जनता म्वासा भाषा म्वाई भन्ने मूल नाराका साथ चालिसौं नेपालभाषा साहित्य तःमुंज्या बुधबारबाट सुरु भएको छ । हरेक वर्षको कार्तिक शुक्ल द्वादसी र त्रयोदशीका दिन भक्तपुरका विभिन्न टोलहरुमा विगत ३९ वर्षदेखि चालू साहित्य सम्मेलनको यो वर्ष अनलाइन संस्करण सुरु भएको हो ।

सम्मेलनको उद्घाटनको क्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) ले भारत भन्ने देश नभएकै बेला रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको बताए । केही दिनपछि भारतका प्रधानमन्त्री नेपाल आउने विषयमा नेपाल अहिले नै सचेत रहनुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेंले भने, ‘केही दिनछि भारतका सेनापति नेपाल आउँदै छन्। नेपाल आउने भारतका प्रधान सेनापतिले लिम्पियाधुरा, लिपुलक र कालापानी क्षेत्र भारतकै भएको भनेका थिए । अझ उनले नेपालीलाई अरु देशले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाललको भएको भन्न लगाएको समेत भने । उनले चीनले नेपाललाई यसो भन्न लगाएको आशयमा यस्तो अभिव्यक्ति दिएका थिए । आफ्नो देशको भूभाग आफ्नो भन्न नेपाली जनतालाई अरु कुनै देशले भन्नुपर्दैन । भारत भन्ने देश नुहँदै त्यो क्षेत्र नेपालको हो ।’

उनले भारतीय विस्तारवादी नीतिको विरोध गर्न जरुरी रहेकोमा जोड दिँदै भारतका सेना प्रमुखको भनाइको नेपाल सरकारले खण्डन गर्नुपर्ने समेत बताए । सो क्रममा उनले समाजवादी देश र पूँजीवादी देशले विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणलाई न्यूनीकरण गर्नका लागि तय गरेको नीति फरक देखिएको बताउँदै कोभिड १९ को संक्रमण व्यस्थापनमा समाजवादी देशले सफलता पाएको चर्चा गरे ।

कोभिड १९ को संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले गम्भीरतापूर्वक भूमिका नखेल्दा ठूलो क्षतिको सम्भावना बढेको उनको भनाइ छ । सम्मेलनमा विभिन्न विषयका विषयविज्ञ, जनस्वास्थ्यविज्ञ, साहित्यकारलगायतले विभिन्न विषयमा आआफ्नो धारणा राखेको तःमुज्या आयोजक समितिले जनाएको छ ।

तःमुज्या बिहीबार पनि जारी रहेको आयोजक समितिको भनाइ छ ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *