सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
भक्तपुरमा लुटको डरलाग्दो सञ्जाल : लुटेराहरु एउटै परिवारका, कोही जग्गा व्यवसायी, कोही चालक कोही मजदुर , लुटेकै रकमले जग्गा, मोटरसाइकल खरीद, फार्ममा समेत लगानी

भक्तपुरमा लुटको डरलाग्दो सञ्जाल : लुटेराहरु एउटै परिवारका, कोही जग्गा व्यवसायी, कोही चालक कोही मजदुर , लुटेकै रकमले जग्गा, मोटरसाइकल खरीद, फार्ममा समेत लगानी

भक्तपुर, २३ असोज । विगत केही समयदेखि भक्तपुरका व्यापारी, व्यवसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई विभिन्न बहाना बनाई लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पहिलादेखि नै चिनजान भएकोजस्तो व्यवहार गर्दै आफूसँग प्रशस्त मात्रामा अमेरिकन डलर रहेको र सो डलर सस्तोमा दिन्छु भनि बिभिन्न बहाना बनाएर अमेरिकन डलर देखाई नेपाली रुपैया लिई लुटपाट गर्ने घटनाका १२ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

भक्तपुरका विभिन्न स्थान र मितिमा महानगरीय प्रहरी परिसर, भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी, जगाती र अपराध महाशाखा भक्तपुरबाट खटिएको टोलीले घटनामा संलग्न गिरोहका १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नपा ३ घर भई हाल गोकर्णेश्वर खेलबहादुर तामाङ र रेल बहादुर तामाङ, सिन्धुपाल्चोककै बाह्रबिसे नपा ६ घर भई हाल मध्यपुरठिमी नपा ९ बस्ने श्याम बहादुर तामाङ, रामकृष्ण तामाङ, कान्छी तामाङ रहेका छन् ।

यसैगरी सिन्धुपाल्चोक बाह्रबिसे ३ घर भई हाल भक्तपुर चारदोबाटोमा बस्ने विमल भण्डारी, निर्मल भण्डारी, सिन्धुपाल्चोक बाह्रविसे नपा २ घर भई हाल जोरपाटी, काठमाण्डौ बस्ने राजकुमार तामाङ, सिन्धुपाल्चोक बाह्रविसे नपा ४ घर भई हाल लोकन्थली बस्ने धनबहादुर भण्डारी, सिन्धुपाल्चोक बाह्रबिसे नपा २ घर भई हाल भक्तपुर सुडाल बस्ने कमल भण्डारी, बाह्रबिसे नपा ४ घर भई हाल भक्तपुर कालोपाटी बस्ने राकेश भण्डारी, बाह्रबिसे नपा ३ घर भई हाल काठमाण्डौ बालाजु बस्ने सन्च बहादुर योञ्जन रहेका छन् ।

उनीहरुबाट हालसम्म नेपाली रुपैंया रु. ५ लाख ९४ हजार ४७५, बिभिन्न कम्पनीका मोबाईल ९ सय १२ थान, ५ थान मोटरसाइकल, डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो – ५ बण्डल, ४६० वटा छ अमेरिकन डलर बरामद गरेको छ ।

हाल पक्राउ परेकाहरु मध्ये धनजित तामाङ २०६० साउन ०५ गते महानगरीय प्रहरी परिसर, काठमाण्डौबाट पक्राउ परी आवश्यक अनुसन्धान पछी ठगी मुद्दामा १ बर्ष कारागार बसी धरौटीमा छुटेको, खेलबहादुर तामाङ २०६४ चैत २२ गते महानगरीय प्रहरी परिसर, काठमाण्डौबाट पक्राउ गरी आवश्यक अनुसन्धान पछी ठगी मुद्दामा १ बर्ष कारागार बसी १२ लाख रुपैयामा धरौटी तिरी छुटेको समेत खुलेको छ ।

पक्राउ परेका उनीहरु एउटै स्थान र परिवारका सदस्य रहेको समेत अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाए ।

उनीहरुले लुटिएका रकमको लगानी समेत गरेको पाइएको छ । जसअन्तर्गत खेलबहादुर तामाङले काठमाण्डौ जर्सिङपौवामा ३६ आना जग्गा खरिद गरी श्रीमतिको नाम राखेको, रेलबहादुर तामाङले बाह्रविसे स्थितमा कुखुरा फर्म, होटलमा लगानी गरेको देखिएको, लुटपाटकै रकमबाट ९ वटा मोटरसाईकल खरिद गरेको अनुसन्धानको क्रममा देखिएको प्रहरीको भनाइ छ ।

कहिले कहाँकहाँबाट कति लुटे ?
उनीहरुले यही असोज २० गते दिव्यश्वरी टाउन प्लानिङबाट ४ लाख, १३ गते कमलविनायकबाट ५ लाख, ८ गते बालकोट रोजभिलेजबाट ५ लाख, ६ गते बोडेबाट ९ लाख ८० हजार, भदौ ३१ ग्ते दिव्यश्वरी टाउन प्लानिङबाट ५ लाख, साउन १९ गते सिद्धिकाली मन्दिर ठिमीबाट ४ लाख, साउन ८ गते बोडेबाट ३ लाख, असोज ५ गते सिन्धुपाल्चोक मेलचौरबाटरु. ७ लाख लुटेको प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सेयर:

1 comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *