सेयर:

भर्खरै :

नगरपालिकामै नभएका काम दुवाकोटमा, यसरी बन्दैछ दुवाकोट नमूना    |    क्रिकेटका कप्तान मल्लद्वारा भक्तपुरमा तालिम, राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा कप्तान मल्ल नियुक्त    |    चार शिक्षकहरु सम्मानित, सम्मानित शिक्षकहरुद्वारा ४ लाखको सहयोग कोष स्थापना    |    संसद पुनः स्थापनाबारे नेमकिपाको धारणा : ‘सर्वोच्चको निर्णयले एउटा अवसर गुम्यो’    |    नगरपालिकाले दिने ३ लाखका लागि छानिए युवा, तपाईं पर्नुभयो ?    |    भक्तपुरमा मातृभाषामा पत्रकारिताको आवश्यकताबारे छलफल, प्रोत्साहनका लागि पुरस्कारको घोषणा    |    चाँगुनारायण नगरपालिकाकै पहिलो शववाहन दुवाकोटमा, मेयरद्वारा रु. १ लाख दिने वचन    |    लागूऔषध किनबेचको केन्द्र बन्दै सल्लाघारी एरिया, ९ सय थान लागू औषधसहित एक पक्राउ    |    ठेकेदारकाे लापरवाहीविरूद्द स्थानीय सडकमा    |    शिक्षक संगठनको अध्यक्षमा सोम श्रेष्ठ, तीन शिक्षकलाई सम्मान    |   
नेवार समुदायले किन मनाउनुपर्छ गठेमंगल पर्व ?

नेवार समुदायले किन मनाउनुपर्छ गठेमंगल पर्व ?

भक्तपुर, ४ साउन । कोरोना भाइरसको संक्रमणको जोखिमका बीच पनि आज साउन शुक्ल चतुर्दशीका दिन गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाईँदैछ ।

नेवार समुदायमाझ ‘सिनाज्या ब्यंकेगु! अर्थात रोपाइँ सकिएको र चोख्याउने पर्वको रूपमा गाठामग पर्व चिनिएको यो दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएको छ ।

नेवार समुदायमा आजदेखि परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिनुका साथै गाइजात्रामा प्रदर्शन गरिने विभिन्न भैरव नाच तथा व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत दिइन्छ।

नेवार समुदायका विभिन्न चाडमध्ये यस पर्वलाई पहिलो र छोराको चाडका रुपमा मनाउने गरिन्छ । यो पर्वमा गर्नुपर्ने अधिकांश विधि पुरुषहरुले गर्ने भएकाले पनि छोराको चाड भन्ने गरीएको हो । भुतप्रेत पन्छाउनका लागि नर्कटलाई छवाली, सिस्नो , नांगलो, कर्कलो लगायतका सामग्रीले सजाएर दोबाटो वा चौबाटोमा लगेर राखिन्छ ।

घरभित्र र बाहिरका फोहोरलाई सरसफाई गरी यसलाई व्यवस्थित रुपमा बिसर्जन गरी भुतप्रेत पन्छाउने नाम दिए पनि यो पर्व सरसफाईको प्रतिकका रुपमा मनाउने विशिष्ट पर्व भएको संस्कृतिविदहरुको भनाई छ ।

रोपाइँ अवधिभर सरसफाईलाई ध्यानदिन नपाउने र यसबेला विभिन्न किरा फट्यांग्राले दुःख दिने भएकाले यसलाई पन्छाउन भुतप्रेतको संज्ञा दिई फोहोर सरसफाई गरी यो पर्व मनाइने गरेको हो ।

गठेमङ्गल’ पर्वका दिन एकजना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतिकका रुपमा नियुक्त गरी उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ । यो दिन राति राँको बालेर भूत भगाउने चलन छ । बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औँठी लगाउने चलन छ ।

भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।

पौराणिक कथन अनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एकजना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाईदिँदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतिकका रुपमा नर्कटको प्रतिमा बनाईन्छ ।
फोटो : रवीन्द्र किजू

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *