भक्तपुर, ३१ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित भंगेरी डाँडामा निर्माण सुरु भएको अन्तर्राष्ट्रिय खेल मैदानको प्रदेश सांसदसहितको टोलीले अनुगमन गरेकै दिन स्थानीयले आक्रोस पोखेका छन् ।
स्थानीयहरुको सहमतिमा करिब २०० रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको दाबी गरेको उक्त निर्माण कार्यको स्थानीय निमा लामा र ज्ञानबहादुर लामालगायतले आक्रोस पोखेका हुन् । लामाद्वयले उक्त ठाउँमा रंगशाला बनाउने नाममा अहिले जग्गा सम्याउने नाममा डोजर लगाइरहेको बताउँदै सो ठाउँमा खेल मैदान बन्न नहुने बताए ।
चाँगुपत्र पत्रिकाका संवाददातासँग भेटेर उनीहरुले उक्त स्थान विकट ठाउँ भएकाले त्यो ठाउँमा रंगशाला बनाउन नहुने स्थानीय ज्ञानबहादुर लामाले बताए । उनले उक्त ठाउँ रंगशालाको लागि उपयुक्त नभएर कृषि तथा जडिबुटी खेतीको लागि उपयुक्त भएको बताउँदै केही जग्गाको कारोबार गर्ने व्यक्तिहरुले षड्यन्त्र गरी उक्त ठाउँमा रंगशाला बनाउन खोजेको बताए ।
भिडियोका लागि यहाँ जानुहोस् : https://youtu.be/W_NxseGwIPU
त्यो ठाउँमा, त्यो टोलमा रंगशाला बन्ने बित्तिक्कै स्थानीय विस्थापित हुने दाबी गर्दै उनले भने, त्यो ठाउँमा, त्यो टोलमा रंगशाला बन्ने बित्तिक्कै ठूलाबडाको रिसोर्ट हुन्छ, ठूला बडाकै व्यापार हुन्छ, हामी किसान, गरिबलाई हुने विकास हुँदैन । त्यहाँ रंगशाला बन्नु हुन्न, रंगशाला बनाउने भन्दै हाम्रो ठाउँलाई कलंकित बनाएको छ । त्यो ठाउँमा रंगशालाको नाममा गेट बन्छ, रिसोर्ट बन्छ, ‘रंगशालाको नाममा विकास हुने हैन, नमूना विकास हुनुपर्यो’ , उनले रंगशाला बनाउने नाममा भएको वन फँडानीले खानेपानीमा समेत गहिरो असर पुग्ने बताए ।
उनले रंगशाला बनाउने नाममा आफ्नो ठाउँलाई कलंकित बनाएको पनि बताए । त्यही कारण त्यहाँ स्थानीयबीच मनोमालिन्य बढाएको उनको कथन छ ।
यसैबीच सो स्थानमा रु. २ अर्व ४० करोड रुपैयाँको लागतमा रग्बी बहुउद्देश्यिय अन्तर्राष्ट्रिय खेल मैदान निर्माण हुने अनुगमनका क्रममा चँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले जानकारी दिए ।
अनुगमनमा वाग्मती प्रदेश सदस्य कृष्णलाल भँडेल,नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, नेकपाका जिल्ला सचिव डिपि ढकाल, नेपाली काग्रेसका नेताहरु राजाराम खड्का, यादव लामिछाने, मनोज गिरी, वडाध्यक्षहरु ज्ञानबहादुर केसी, जयन्द्र खड्का, परासर सापकोटा, सन्तमान वाइवालगायतको सहभातिा थियो ।
अनुमगनकर्ता भन्छन्, ‘नेमकिपाको विरोधले केही नापिन्न’
अनुगमनमा प्रदेश सदस्य भडेल, मेयर मिश्रलगतयले नेमकिपाले रंगशालाको विरोध गरेपनि जनता र अरु दलको समर्थनका कारण सोही ठाउँमा रंगशाला बनाउने बताउँदै नेमकिपाको विरोधले केही नहुने बताए ।
मेयर मिश्रले ४० हजार दर्शक क्षमता रहने उक्त खेल मैदान निर्माणको पहिलो चरणको डिपिआरको काम सम्पन्न भएको जानकारी दिँदै नगरपालिकाले चालू आवमा ३५ लाख रुपैयाँ विनियोजन गरेको जनाए ।
सो योजना पाँच बर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाले बताए ।