सेयर:

भर्खरै :

नगरपालिकामै नभएका काम दुवाकोटमा, यसरी बन्दैछ दुवाकोट नमूना    |    क्रिकेटका कप्तान मल्लद्वारा भक्तपुरमा तालिम, राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा कप्तान मल्ल नियुक्त    |    चार शिक्षकहरु सम्मानित, सम्मानित शिक्षकहरुद्वारा ४ लाखको सहयोग कोष स्थापना    |    संसद पुनः स्थापनाबारे नेमकिपाको धारणा : ‘सर्वोच्चको निर्णयले एउटा अवसर गुम्यो’    |    नगरपालिकाले दिने ३ लाखका लागि छानिए युवा, तपाईं पर्नुभयो ?    |    भक्तपुरमा मातृभाषामा पत्रकारिताको आवश्यकताबारे छलफल, प्रोत्साहनका लागि पुरस्कारको घोषणा    |    चाँगुनारायण नगरपालिकाकै पहिलो शववाहन दुवाकोटमा, मेयरद्वारा रु. १ लाख दिने वचन    |    लागूऔषध किनबेचको केन्द्र बन्दै सल्लाघारी एरिया, ९ सय थान लागू औषधसहित एक पक्राउ    |    ठेकेदारकाे लापरवाहीविरूद्द स्थानीय सडकमा    |    शिक्षक संगठनको अध्यक्षमा सोम श्रेष्ठ, तीन शिक्षकलाई सम्मान    |   
आज मध्यरातमै भयो दुगु पूजा, यस्तो छ दुगु पूजाको महत्व ?

आज मध्यरातमै भयो दुगु पूजा, यस्तो छ दुगु पूजाको महत्व ?

भक्तपुर, १८ बैशाख । लकडाउनको परवाह नगरी भक्तपुरका अधिकांश किसानहरुले आज मध्यरातमै दुगु पूजा गरेका छन् । कुलदेवता पूजा अथवा देवाली पूजा भनेको आफ्नो कुल देवतालाई खुसी बनाउनको लागि गरिने संस्कार हो ।

यही संस्कारलाई निन्तरता दिन भक्तपुरका अधिकांश किसानहरुले लकडाउनको बीच पनि मध्यरातमै मन्दिर पुगेर पूजा आजा गरेका हुन् । कुल देवता अथवा कुलायन भन्नाले कुल अथवा वंशमा पूजा गरिने देवता हो । प्रत्यक वंशको आफ्नै कुल देवता हुन्छ ।

कुल देवताको पूजा गर्नाले अगती परेका पृतीहरूले मोक्ष पाउने र कुलको उद्धार हुने विश्वास गरिन्छ । सबै वंशहरूको आफ्नो आफ्नो कुलायन अथवा कुल देवता हुन्छन् । कतिपयले कुलायनको पूजा गर्दा जिवबली दिएर पूजा गरेको देखिन्छ ।

के हो दुगु पूजा ?
बैशाख शुल्क ( बछलाथ्व तृतियालाई अक्षय तृतीय) भनिन्छ। अक्षेय तृतीयदेखि देवाली पुजा याने कुलपुजा सुरु हुन्छ । देवाली पुजामा मध्यमांस सहित अलिबली पुजा हुने भए पनि यस पुजामा कुखुरा, कुखुराको फुल र राङ्गाको मासु पूर्ण रुपमा बन्देज छ । इहि गरेका बालकन्याहरु ( नेवाः भाषामा इहि मचा)लाई देवालीमा विशेष पूजा गरी कुल देवता भएको दिगुद्यः ख्यलय याने कुलदेवतामा प्रवेश गराइन्छ । यस पूजामा देवतालाई बली चढाएको हाँसको र बाहाँको टाउको स्यू भोज खाँदा इहि मचालाई खुवाइ स्यूकाभू र भोज खाने परम्परा र संस्कार रहेको छ । यस दिन बाहेक महिलाले स्यू लिने परम्परा छैनन् । दिगु पुजा, दुगु पूजा पनि भन्ने गरिएको छ । अधिकांश नेवारहरु दुगु पूजा भन्ने गर्दछन् ।

यो पुजा मूलतः अक्षय तृतीयाका दिनलाई तः दिन याने प्रमूख दिन् र त्यस पछिको पहिलो आईतवार वा बिहिवार जुन पर्छ त्यस दिनलाई ठूलो दिन मानी पुजा गर्ने गरिन्छ र त्यस प्रमूख दिनहरुमा नभ्याउनेले सिथिनखः भित्र वा सिथिनखःका दिन जुन दिन अनुकुल पर्छ सोही दिन दिगु वा दु पुजा गर्ने परम्परा रहि आएको छ ।

सेयर:

2 comments

  • Firstly, it is not “Dugu Puja” but is “Digu Puja”.
    “यस दिन बाहेक महिलाले स्यू लिने परम्परा छैनन् ।” It is not true. Women are given “Syu” in other occasions too.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *