भक्तपुर, १४ चैत । भक्तपुर नगरमा कर्फ्यु लगाउनुपर्ने आवश्यकता देखिएको चिकित्सकले बताएका छन् ।
लकडाउनको चौथो दिन भक्तपुर नगपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रका प्रमुख डा. रत्नसुन्दर लासिवाले उक्त कुरा बताएका हुन् । उनले कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारले लकडाउनको घोषणा गरे पनि त्यसको जुन रुपमा प्रभाव पार्नुपर्ने हो त्यो नहुँदा कर्फ्यु नै लगाउनु पर्ने र कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि प्रयास गर्नुपर्ने बताएका हुन् ।