भक्तपुर, ५ चैत । भक्तपुरमा कोरोना परीक्षण मेसिन भित्रिएको छ ।
कोरोना भाइरसको कारण संसारभर त्रास भइरहेको बेलामा भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा रहको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सो मेसिन भित्रिएको हो ।
मध्यपुर थिमि नगरपालिका बाट संचालित सो अस्पतालमा उक्त मेसिन भित्रिएसँगै मेसिनको निरीक्षण भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, उपनगर प्रमुख अञ्जनादेवी मधिकर्मी लगायतले निरीक्षण गरेका छन् ।
नगरपालिकाले परीक्षणका लागि (पोलिमराइज चेन रिएक्सन) पीसीआर ल्याएको हो । उक्त मेसिनको उपयोगिताबारे अस्पतालका विशेषज्ञ चिकित्सकले प्रजिअ पाण्डे र नगर प्रमुख श्रेष्ठलगायतलाई जानकारी दिएका थिए ।