सेयर:

भर्खरै :

अमेरिका बस्ने नेपालीले गरे भक्तपुरलाई सहयाेग    |    असार पहिलो सातासम्म थपियाे निषेधाज्ञा, यी चार क्षेत्र भए खुला!    |    उपत्यकामा निषेधाज्ञा थपिने निश्चित, यस्ताे हुनेछ माेडालिटी    |    तलब वृद्धि थाेरै भएकाे भन्दै सरकारी कर्मचारी आन्दाेलित    |    चाँगुकाे २ नं वडामा सबैभन्दा बढी संक्रमित , कुन वडामा कति?    |    ख्वप अस्पतालप्रति जनताको सद्भावना प्रशंसनीय : बिजुक्छेँ    |    ताथलीकी एक महिला सम्पर्कविहीन, सौडोलमा सन्नाटा    |    ताथली सहकारीद्वारा भक्तपुरमा अक्सिजन प्लान्टका लागि आर्थिक सहयोग    |    झौखेलमा बन्ने प्रत्यारोपण केन्द्रप्रति बागेश्वरीवासीको असन्तुष्टि, मेयरले दिए यस्तो जवाफ !    |    पूर्व राजा ज्ञानेन्द्रले खोले मुख : देशको अवस्थाप्रति चिन्तित छु    |   
काँग्रेसको कोरोना भगाउने काइदा : मसाल जुलुस

काँग्रेसको कोरोना भगाउने काइदा : मसाल जुलुस

भक्तपुर, १ फागुन । नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलले भक्तपुरको मध्यपुर थिमीमा मसाल जुलुस गरेको छ ।

तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले चीनमा महामारीको रुप लिएको कोरोना भाइरसलाई भक्तपुर ल्याउन खोजेको विरोधमा मसाल जुलुस गरेको जानकारी दिए । उनले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई भक्तपुरको खरिपाटीमा ल्याउनु सरकारको राम्रो कदम भएको बताउँदै भाइरसको जोखिम रहेको बताउँदै सरकारको रवैयाको विरोधमा मसाल जुलुस निकालेको बताए ।

कोरोना शंकास्पदहरुलाई भक्तपुरमा प्रवेश गर्न नै नदिने भन्दै उनले आफूहरु यसको विरोधमा अझ सक्रिय भएर लाग्ने जनाए ।

यस्तै तरुण दलका जिल्ला सचिव राजु पुरीले आफूहरुको विरोध केवल न्यायका लागि मात्र भएको जिकिर गरे । उनले भक्तपुरको बाहाखा बजारदेखि शंखधर चोकसम्म मसाल जुलुस निकालेको जानकारी दिए ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *