नयाँ दिल्ली । राष्ट्रिय अपराध रेकर्ड ब्यूरो (एनसीआरबी) को तथ्यांक अनुसार सन् २०१८ मा कृषिमा कार्यरत १०, हजार ३ सय ३४ जनाले आत्महत्या गरेका छन् । यस अवधिमा यो देशका आत्महत्याका घटनाहरुको सात प्रतिशत हो । सन् २०१८ मा कुल १,३४, ५१६ व्यक्तिले आत्महत्या गरेका छन् ।
मुलुकमा अपराधको तथ्यांक संकलन र विश्लेषणका लागि जिम्मेवार एजेन्सीका अनुसार सन् २०१६ को तुलनामा सन् २०१८ मा किसानको आत्महत्यामा कमी आएको छ । सन् २०१६ मा ११,३७९ किसानहरूले आत्महत्या गरेका थिए । यसअघि, सन् २०१४ मा १२,३६० र सन् २०१५ मा १२,६०२ किसानले आत्महत्या गरेको तथ्यांक छ ।
धेरै राज्य र केन्द्र शासित प्रदेशहरूमा किसान, कृषि र कृषि मजदुरहरूको आत्महत्याको सं्ख्या शून्य रहेको तथ्यांकले देखाएको छ ।
एनसीआरबीका अनुसार पश्चिम बंगाल, बिहार, ओडिशा, उत्तराखण्ड, मेघालय, गोवा, चंडीगढ़, दमन र दीव, दिल्ली, लक्षद्वीप र पुडुचेरी राज्य र केन्द्र शासित प्रदेशहरू थिए जहाँ कृषिमा काम गर्ने कुनै पनि व्यक्तिले आत्महत्या गरेको बताइएको छैन ।
एनसीआरबीले जनवरी ८ मा जारी गरेको रिपोर्ट अनुसार आत्महत्या गर्ने धेरैजसो किसान पुरुष छन् ।
उक्त रिपोर्टका अनुसार सन् २०१८ मा कृषिसम्बन्धी १०, ३४९ जनाले आत्महत्या गरे । यसमध्ये ५, ७६३ किसान छन् भने बाँकी ४,५८६ कृषि मजदुर छन् । यो संख्या मुलुकमा जम्मा हुने आत्महत्या घटनाहरूको ७.७ प्रतिशत हो ।
एनसीआरबीका अनुसार सन् २०१८ मा आत्महत्या गर्ने५, ७६३ किसानमध्ये ५,४५७ पुरुष र ३०६ महिला छन् । त्यस्तै आत्महत्या गने४,५८६ कृषि मजदुरमध्ये ४,०७१ पुरुष र ५१५महिला छन् ।
रिपोर्टका अनुसार सन् २०१८ मा जम्मा १,३४, ५१६ व्यक्तिले आत्महत्या गरे जुन २०१७ मा १,२९, ८८७ को आत्महत्या घटनाको संख्या भन्दा ३.६ प्रतिशत बढी हो ।
सबैभन्दा धेरै आत्महत्याहरू महाराष्ट्रमा भएका थिए (१७, ९७२) भने तमिलनाडु (१३,८९६), पश्चिम बंगाल (१३,२५५), मध्य प्रदेश (११, ७७५) र कर्नाटक (११५६१) क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । यी पाँच राज्यमा ५०.९ प्रतिशत मात्र आत्महत्याका घटनाहरू रिपोर्ट गरिएको थियो ।