सेयर:

भर्खरै :

नगरपालिकामै नभएका काम दुवाकोटमा, यसरी बन्दैछ दुवाकोट नमूना    |    क्रिकेटका कप्तान मल्लद्वारा भक्तपुरमा तालिम, राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा कप्तान मल्ल नियुक्त    |    चार शिक्षकहरु सम्मानित, सम्मानित शिक्षकहरुद्वारा ४ लाखको सहयोग कोष स्थापना    |    संसद पुनः स्थापनाबारे नेमकिपाको धारणा : ‘सर्वोच्चको निर्णयले एउटा अवसर गुम्यो’    |    नगरपालिकाले दिने ३ लाखका लागि छानिए युवा, तपाईं पर्नुभयो ?    |    भक्तपुरमा मातृभाषामा पत्रकारिताको आवश्यकताबारे छलफल, प्रोत्साहनका लागि पुरस्कारको घोषणा    |    चाँगुनारायण नगरपालिकाकै पहिलो शववाहन दुवाकोटमा, मेयरद्वारा रु. १ लाख दिने वचन    |    लागूऔषध किनबेचको केन्द्र बन्दै सल्लाघारी एरिया, ९ सय थान लागू औषधसहित एक पक्राउ    |    ठेकेदारकाे लापरवाहीविरूद्द स्थानीय सडकमा    |    शिक्षक संगठनको अध्यक्षमा सोम श्रेष्ठ, तीन शिक्षकलाई सम्मान    |   
एक वर्षसम्म नविग्रिने नयाँ प्रजातिको स्याउः मूल्य प्रति गोटा १० डलर

एक वर्षसम्म नविग्रिने नयाँ प्रजातिको स्याउः मूल्य प्रति गोटा १० डलर

काठमाडौं । अमेरिकामा एक वर्षसम्म पनि नकुहिने स्याउ उत्पादन गरिएको छ ।

दुई दशक लगाएर विकास गरिएको र एक वर्षसम्म फ्रिजमा राख्दा पनि नबिग्रने नयाँ प्रजातिको स्याउको बिक्री आइतबारदेखि अमेरिकामा सुरु भएको छ ।

कस्मिक क्रिस्प नाम दिइएको यो स्याउको वाशिङ्टन स्टेट विश्वविद्यालयमा सन् १९९७ मा पहिलो पटक खेती गरिएको थियो । दह्रो, कुरकुरे र रसिलो यो स्याउ प्रवद्र्धन गर्न एक करोड अमेरिकी डलर खर्च लागेको बताइएको छ ।

वाशिङ्टन राज्यका कृषकहरूलाई आगामी एक दशकसम्म यो स्याउ उत्पादन गर्न अनुमति दिइएको छ । यो स्याउको गुदी अति बिस्तारै खैरो हुने र फ्रिजमा राख्दा १० देखि १२ महिनासम्म खानयोग्य हुन्छ ।

अहिलेसम्म कस्मिक क्रिस्प स्याउका एक करोड २० लाख रुख रोपिएका छन् । यसको खेतीका लागि लागु गरिएको कडा लाइसेन्स प्रणालीका कारण हाललाई यो अन्यत्र खेती गर्न सकिँदैन् । यो प्रजातिको स्याउको मूल्य प्रति गोटा करिब १० डलर तोकिएको छ ।

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *